NRNA Official Seal

एनआरएनए आइसीसीको ७४ औं बैठक सदस्यता, प्रतिनिधि र अनलाइन भोटिङ्बारे निर्णय गर्दै सम्पन्न

Hollywood Khabar August 21,2020 Comments

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय परिषद (एनआरएनए आइसीसी) को ७४ औं बैठक संघको सदस्यता, महाधिवेशन प्रतिनिधि र अनलाइन भोटिङको ब्यबस्थाको लागि सैद्दान्तिक रुपमा सहमत भएको छ।

संघका प्रवक्ता डिबी क्षेत्रीका अनुसार, बैठकमा संघको साधारण सभा, सदस्यता र प्रतिनिधि छनोटका बिषयमा धेरै छलफल भए। यस बाहेक केहि नियमित एजेण्डामा पनि छलफल र निर्यण भएका छन। तर बिशेष रुपमा भने सदस्यता, महाधिवेशन प्रतिनिधि र निर्वाचन प्रणालीमा नै केन्द्रित रहनगयो।

अगष्ट २२, २०२० मा बसेको एनआरएनए आइसीसीको ७४ औं बैठकले संघको सदस्यता र महाधिवेशनका प्रतिनिधि, निर्वाचन प्रणाली सम्बन्धि निर्णय गरेको छ। अब संघको सदस्यता स्मार्ट एनआरएनए सिष्टममा गएर निशुल्क लिन सक्ने बनाइने छ। त्यसैगरी महाशिवेशन प्रतिनिधि पनि निशुल्क गर्ने र अनलाइन भोटिङको ब्यबस्थालाइ उत्कृष्ट रुपमा नीति तय गर्नको लागि समेत निर्णय गरिएको छ।

यसका लागि बैठकले संघका महासचिव डा हेम राज शर्माको संयोजकत्वमा एक कार्यदल गठन गरेको छ। कार्यदलमा सचिव गौरीराज जोशी, कोषाध्यक्ष महेश श्रेष्ठ र निवर्तमान प्रवक्ता तथा बिधान समितिका संयोजक भुषण घिमिरे रहनुभएको छ। आवश्यक्ता अनुसार कार्यदलले सदस्यहरु थप गर्न सक्नेछ।

तर कार्यदलले नीतिको ब्यबहारिकतालाइ समेत ध्यान दिएर प्रतिवेदन तयार पारी दुइ हप्ता भित्रमा संघको पधाधिकारी बैठकमा पेश गर्नुपर्ने छ। संघले सो नीति गैरआवासीय नेपाली संघको बिशेष साधारण सभामा पेश गर्ने छ।

कृष्ण के सी

सूचना तथा संचार उपसंयोजक

गैरआवासीय नेपाली संघ

अगष्ट २२, २०२०