-गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको ७३ औं बैठक सम्पन्न दर्जन भन्दा धेरै निर्णय

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको ७३ औं बैठक सम्पन्न दर्जन भन्दा धेरै निर्णय

Hollywood Khabar June 21,2020 Comments

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको ७३ औं बैठक दर्जन भन्दा धेरै निर्णय गर्दै सम्पन्न भएको छ।

जुन २१, २०२० मा संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा बसेको बैठकले मुख्यगरी नीतिगत, संस्थागत अनि नियमित एजेण्डाहरुमा ब्यापक छलफल र निर्णय गरिएको छ। बैठकमा संघका अध्यक्ष कुमार पन्तले कोभिड १९ संबन्धि हल सम्मको गतिबिधि र भएका प्रगतिको प्रतिवेदन प्रस्तुत गर्नुभयो। कोभिड १९ सँग हालसम्मको नेपाल सरकारसँगको सहकार्यलाइ निरन्तर गर्दै जाने निर्णय पनि गरिएको छ।

यसबाहेक लाप्राक नमुना बस्ती संबन्धि गाउपालीकासँग गरिएको संझौताबारे जानकारी गराइयो। संघको बिल्डिङ बनाइएको जमिनबारे परेको मुद्धा संबन्धि कानुन ब्यबसायीको नियुक्ति गरेर बिशेष अदालतमा जवाफ पठाइएको जानकारी समेत गराइएको छ।

महासचिवद्वारा प्रस्तुत संघको अन्तरिक प्रशाशनलाइ चुस्त बनाएर लैजाने कुरामा सदस्यहरुको प्रतिबध्दता रहेको थियो। त्यसैगरी २ बर्षीय कार्ययोजनालाइ बाँकी अबधिमा सम्पन्न गर्ने परिमार्जित योजना संबन्धि जानकारी, छलफल र निर्णय गरिएका छन्।

यसबाहेक बैदेशिक रोजगारी, टेक्नोलोजी ट्रान्सफर, ब्यापार र पर्यटन संबन्धि प्रोजोक्ट, मानवीय सेवा र कल्याणकारी गतिबिधि, महिला र युबा संबन्धि गतिबिधि, मोबाइल ल्याबको प्रोजेक्ट, आर्थिक ब्यबस्थापन, बार्षिक बजेट र फाउण्डेशन, आर्थिक नियमावली, आर्थिक पारदर्शिता-अडिट, गैरआवासीय नागरिकता लगायतका एक दर्जन भन्दा धेरै बिषयमा जानकारी, छलफल र निर्णय भएको कुरा प्रवक्ता डिबी क्षेत्रीले जानकारी दिनुभएको छ।

कृष्ण के सी

उपसंयोजक- सूचना तथा संचार

गैरआवासीय नेपाली संघ

जुन २२, २०२०