-Krishna KC, USA

NRNA:गैरआवासीय नेपाली संघ विश्व सम्मेलनमा अमेरिकालाई ४ एनसीसीको प्रस्ताव

Hollywood Khabar March 26,2019 Comments

कृष्ण के सी/अमेरिका ३/२७/१९

गैरआवासीय नेपाली संघको आगामी विश्व सम्मेलनमा आफुले अमेरिकालाई चारवटा एनसीसी बनाउने प्रस्ताव लैजाने पहल गर्दैगर्दा केहि परामर्श पनि गरेको छु।

पहिलो कुरा त अमेरिकालाई २ वटा एनसीसी बनाउएन प्रस्तावको तयारी २०१७ मा नै भएको थियो। तत्कालिन क्षेत्रीय संयोजक सोनाम लामा र क्षेत्रीय उपसंयोजक एसी शेर्पाले पूर्व अध्यक्ष डा शेष घलेसंग छलफल गरेको पनि हो। पूर्व अध्यक्ष डा घलेले सोबारे यो पक्तिकारसँगको २०१७ सेप्टेम्वरमा भएको कुराकानीमा जिज्ञासा राख्नुभएको थियो।

त्यो बेला तत्कालिन एनसीसी अमेरिकाका अध्यक्ष डा केशब पौडेलसंग भएको कुराकानीमा पनि उहाँ सहमत नै हुनुहुन्थो। आफू यसका लागि अगाडी बढ्ने बताएता पनि अन्तमा त्यो प्रस्ताव अगाडि बढेन। यदि सो प्रस्ताव २०१७ को विश्व सम्मेलनबाट पारित भएको भए यो पटक अमेरिकामा दुइवटा एनसिसिको निर्वाचन हुनेथियो। त्यो बेला इष्टर्न एनसीसी र वेस्टर्न एनसीसीको प्रस्ताव तयारी भएको थियो।

हाल यसलाई अमेरिकाको भौगोलिक विभाजनसंग मिल्ने गरि ४ एनसीसी बनाउनको लागि प्रस्ताव लैजान पहल गर्दैछु। यसका लागि क्षेत्रीय संयोजक गौरी जोशीसंग केहि हप्ता पहिले यो बिषयमा कुराकानी भएको छ। उहाँ सकारात्मक हुनुहुन्छ। यति मात्र होइन जोशीले त क्यानाडालाई पनि २ एनसीसी बनाउन प्रस्ताव गर्ने सम्मको कुरा गर्नुभयो।

तर यो सजिलोगरी हुने कुरा भने पटक्कै होइन। पहिला त क्षेत्रीय स्तरमा क्षेत्रिया संयोजकले एउटा टास्क फोर्स बनाउनु पर्यो। त्यसबाट प्राप्त प्रस्तावलाइ क्षेत्रीय संयोजकले आइइएस बैठक हुँदै आईसिसि बैठकमा पनि लैजानु पर्यो। अनि २०१९ मा हुने विश्व सम्मेलनको प्रस्तावित बिधानमा समेट्नु पर्यो या सम्मेलनबाट पारित गराउनु पर्यो। त्यसभित्र थुप्रै राजनैतिक खेल र हिडन एजेण्डाहरु लिएका व्यक्तिहरु हुन्छन। ति सबै पार गर्दै जानुपर्छ।

तर पनि यो ४ एनसीसी बनाउने प्रयास गर्नुपर्छ र अगाडि लैजानु पर्छ। यो पंतिकारले यसको कन्सेप्ट आईसीसी महासचिव डा बद्रि के सी मार्फत Policy and Prasidures कमिटीमा छलफलको लागि पेश गरेको छ। अन्तराष्ट्रिय बिधान कमिटीमा समेत यसको लागि प्रस्ताव गरिनेछ।

अमेरिकालाई अमेरिकी ब्यबस्था अनुसार नै चारवटा एनसीसी बनाउनु उपयुक्त हुनेछ। Western, Midwestern, Southern and North East एनसीसी। यसबाट कुनै घाटा छैन। यसका लागि अमेरिकामा रहेका सम्पूर्ण गैरआवासीय नेपालीहरु चाहे सदस्यता लिएका हुन् या नलिएका जो कसैले पनि पहल गर्नुपर्छ भन्ने मेरो अनुरोध छ। विशेष गरी क्षेत्रीय संयोजक गौरी जोशी, उपसंयोजक नविन शेरचन र अमेरिकाका आइसीसी सदस्यहरु अनि यो पटक निर्वाचित भएर आउने एनसीसी पदाधिकारीहरुको महत्व्पूर्व रोल रहन्छ, रहनुपर्छ।