-एनआरएनएको बिधानमा नभएको कुरामा निर्देशन दिने महासचिवलाइ जवाफको बर्षा

एनआरएनएको बिधान बिपरित निर्देशन दिने महासचिवलाइ आरसी आचार्य र गुरुङको जवाफको

Hollywood Khabar March 31,2021 Comments

कृष्ण के सी, अमेरिका, मार्च ३१, २०२१

गैरआवासीय नेपाली संघ (एनआरएनए) का महासचिव डा हेम राज शर्माले संघको चालु बिधानको कुनै खण्डमा नै नभएको तर पाइप लाइनमा भएको विधानक ब्यबस्था भन्दै निर्देशन जारि गरेका छन्।

संघको वर्तमान बिधानमा कुनै खण्डमा पनि नभएको कुरा आगामी बिधान भन्दै उल्लेख गरेर सबै राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुलाई गरेको निर्देशन एउटा किर्ते नै सावित भएको छ। पहिलो कुरा त अध्यक्ष कुमार पन्तको हस्ताक्षर छैन तर नाम चाहिँ छ।

अर्कोतिर मन्त्रालयबाट पास भएर नआएको बिधानको ब्यबस्थाको उल्लेख गर्दै निर्देशन भएको छ। अब त्यो कसरी पालन गर्ने ? दुनियाँमा यो भन्दा उल्ल्लु, किर्ते सर्कुलर भलै कसैले गर्लान तर विडंवना एनआरएनएका महासचिव डा हेम राज शर्माले गरेका छन्।

सर्कुलरको एक अंश:

सन २०२१ जनबरी २३ र २४ तारिखमा सम्पन्न भएको संघको विशेष अन्तर्राष्ट्रिय महाधिवेशद्वारा पारित गरिएको संशोधित विधान परराष्ट्र मन्त्रलायद्वारा प्रमाणिकरण गर्ने अन्तिम चरणमा छ। उक्त संशोधित विधान अनुरुप निम्न बिषयहरु लागु गर्न राष्ट्रिय समन्वय परिषद्लाई निर्देशन गरिन्छ ।

सो निर्देशनको जवाफ दिने क्रम सुरु भएको छ। सबै भन्दा पहिला युरोप क्षेत्रका क्षेत्रीय संयोजक नारायण आचार्यले दिएका छन्। त्यसपछि मध्येपूर्व क्षेत्रका क्षेत्रीय संयोजक प्रविण गुरुङ र अन्तराष्ट्रिय परिषद सदस्य शंकर खड्काले जवाफ दिएका छन्। त्यसमाथि प्रश्न उठाएका छन्।

जवाफको प्रति जस्ताको तेस्तै:

श्रीमान महासचिव ज्यू,

ईमेल को लागी धन्यवाद।तपाई ले NCC हरू लाई सर्कुलर गरेको ईमेल प्रति मेरो केही जिज्ञासा रहेको छ। गैरआवासीय नेपाली संघको विशेष महाधिवेसनमा स्वयम हाम्रा अध्यक्ष ज्यू , पूर्व अध्यक्षज्यूहरु लगाएत अन्य अभियान्ताहरुको विशेष पहलमा समग्र NRNA को हितका लागी गरेको सहमतिका विषयहरू सम्मानित प्रतिनिधीज्यूहरुले अनुमोदन गरेको कुरालाई हामी सबैले पालना गर्नु पर्दछ भन्ने कुरामा म स्वयं पनि दृढ रहेको कुरा जानकारी गराउन चाहन्छु।

तर गैर आवासीय नेपाली संघ ICC को संसोधीत विधान परराष्ट्र मन्त्रालयले स्वीकृत गरेपछि मात्र लागुहुने हो। हाम्रो संसोधीत विधान हाल परराष्ट्र मन्त्रालयमा विचाराधीन रहेको अवस्थामा ICC सचिवालयले NCC हरुलाई स्वीकृत नभई सकेको विधान अनुसार काम गर्नु गराउनु भन्नु संघको विधान र नेपालको कानून सम्मत हुन सक्दछ जस्तो लाग्दैन। यस्तो गम्भीर विषयलाई NCC हरूमा कार्यन्वयनको लागी पठाउनु पूर्व ICC लाई जानकारी गराउनु भएको भए हामी तल्लो तहका मान्छेहरूले पनि केहि सुझावहरु दिन सकथिमकी भन्ने मेरो भनाई हो !

नेपाल सरकार परराष्ट्र मन्त्रालयको स्वीकृति बिना हाम्रो विधान कार्यन्वयन गर्नको लागी NCC हरुमा पठाईनु अलि त्रुटिपूर्ण भए जस्तो लागेको हुनाले यहाँको ध्यानआकर्षण गर्न चाहेको हो।

यदी यहाँ लगाएत IES का साथीहरुलाई यो निर्देशन ठिक र विधानत छ जस्तो लाग्दछ भने मेरो भन्नु केहि छैन। होइन भने केहि समय धैर्य गरौं, यो निर्देशन हाललाई स्थगित गरी परराष्ट्र मन्त्रालयबाट विधान स्वीकृत भएर आएपछि मात्र कार्यन्वयनको लागी निर्देशन गरौंला भन्ने अनुरोध गर्दछु।

भवदीय,

नारायण आचार्य

संयोजक यूरोप

*********

श्रीमान महासचिव ज्यू,

ईमेलको लागी हार्दिक धन्यवाद, यहाँले सम्प्रेषण गरेको इमेल प्रति युरोप संयोजक नारायण आचार्य ज्यूले उठान गरेको विचारप्रति मेरो पनि पूर्ण समर्थन छ।

गैरआवासीय नेपाली संघको विशेष महाधिवेसनमा स्वयम हाम्रा अध्यक्षज्यू, पूर्व अध्यक्षज्यूहरु लगाएत अन्य अभियान्ताहरुको विशेष पहलमा समग्र NRNA को हितका लागी गरेको सहमतिका विषयहरू सम्मानित प्रतिनिधीज्यूहरुले अनुमोदन गरेको कुरालाई हामी सबैले पालना गर्नु पर्दछ भन्ने कुरामा हामी सबै दृढ छौं।

तर गैरआवासीय नेपाली संघ ICC को संसोधीत विधान परराष्ट्र मन्त्रालयले स्वीकृत गरेपछि मात्र लागु हुने हो। हाम्रो संसोधीत विधान हाल परराष्ट्र मन्त्रालयमा विचाराधीन रहेको अवस्थामा ICC सचिवालयले NCC हरुलाई स्वीकृत नभई सकेको विधान अनुसार काम गर्नु गराउनु भन्नु संघको विधान र नेपालको कानून सम्मत हुन सक्दछ जस्तो लाग्दैन भन्ने नारायण प्रसाद आचार्यज्यूको विचारमा मेरो पनि समर्थन रहेको छ।

नेपाल सरकार परराष्ट्र मन्त्रालयको स्वीकृति बिना हाम्रो विधान कार्यन्वयन गर्नको लागी NCC हरुमा पठाईनु अलि त्रुटिपूर्ण भए जस्तो लागेको भन्दै आचार्यज्यूले यहाँको ध्यानआकर्षण गराएकॊप्रति मेरो पनि समर्थन रहेको व्यहोरा जानकारी गराउँद छु।

सधन्यवाद सहित,

प्रवीण गुरुङ

संयोजक मध्यपूर्व

*****

Dear General Secretary Hemraj jyu,

Namaste!

I saw the circulation to NCCs regarding the election and delegate selection process. This is good but I would like to know if the bylaws passed by the special AGM have been signed by Foreign Ministry? If yes, then please share with us. If it is not signed then could you please let us know the reason for sharing this circulation to NCCs? FYI... the NCC Oman has already completed the election process where you were also presented. The policy should be the same for all the NCCs. Thanks

Shankar Khadka

ICC Member- USA