-गैरआवासीय नेपाली संघ

NRNA:गैरआवासीय नेपाली संघ,यूरोप क्षेत्रीय बैठक, महिला सम्मेलन अगष्ट ३-४ इटलिमा

Hollywood Khabar March 13,2019 Comments

गैरआवासीय नेपाली संघको युरोप संयोजक शिव बरुवालका अनुसार अगष्टको ३-४, २०१९ मा युरोपस्थित संघका पदाधिकारी र केन्द्रीय पदाधिकारी बीचको बैठकले अगष्टको ३ र ४, २०१९ मा युरोप बैठक तथा १० औं महिला सम्मेलन गर्ने निर्णय गरेको हो ।

रोमस्थित अरजाइफ प्यालेस होटलमा आयोजना हुने सम्मेलनको लागि गैरआवासीय नेपाली संघ इटली सकृय रुपमा लागि परेको संघका केन्द्रीय सदस्य क्षेत्र कुमार श्रेष्ठले जनाए ।

श्रेष्ठका अनुसार युरोप सम्मेलनको तयारी गर्न एनआरएनए केन्द्रीय पदाधिकारी, युरोपस्थित संघका पदाधिकारी, युरोपभरका एनसीसी अध्यक्ष तथा महासचिव सहितको बैठक मार्चको अन्तिम साता बस्ने भएको छ ।

बैठकले एनआरएन १२ औं युरोप सम्मेलन तयारी समिति समेत गठन गर्ने भएको छ। युरोपस्थित २८ भन्दा बढी राष्ट्रिय समितिका पदाधिकारीले भाग लिएको सो बैठकमा एनआरएन संस्थापक अध्यक्ष पूर्व अध्यक्ष एनआरएन निवर्तमान अध्यक्ष, संस्थापकहरु, परराष्ट्र मन्त्रालयका प्रतिनिधि, नेपाल सरकारका प्रतिनिधि, नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधि लगायतको उपस्थिती रहनेछ।

गैरआवासीय नेपाली संघका समाचार संयोजक चिरन शर्माका अनुसार १२ औं क्षेत्रीय वैठक युरोपस्थित प्रवासी नेपाली, नेपालमा लगानी, संस्थागत विकास लगायतका विषयमा बैठक केन्द्रित हुनेछ ।