Sonam Lama

NRNA:गैरआवासीय नेपाली संघमा चुनाव लाग्यो, अध्यक्षमा सोनाम लामा पनि भिड्ने

Hollywood Khabar January 13,2019 Comments

कृष्ण के सी/अमेरिका

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी २०१९-२०२१ कार्यकालका लागि निर्वाचनको गतिबिधि भित्र-भित्र लागेको छ। अक्टुवर १३-१६, २०१९ मा काठमाण्डौमा हुने ९ औं विश्व सम्मेलन तथा अधिवेशनबाट आउने नयाँ नेतृत्वका लागि चहल पहल निकै पहिला सुरु भएता पनि हाल आएर भने त्यसले गति लिएको छ।

खासगरी अध्यक्षका लागि वर्तमान अध्यक्ष भबन भट्ट नै दोश्रो कार्यकालमा आउन लालायित रहेको कुरा सेलाएको छैन। उता दुइ-दुइ कार्यकाल उपाध्यक्ष बनेका कुमार पन्तको लागि यो पटक कि त मैदान छोडेर जानुपर्ने अन्यथा उम्मेदवार हुनै पर्ने बाध्यता रहेको छ। उसो त उपाध्यक्ष कुमार पन्त फ्रण्ट लाइन रनर नै मानिएका छन्। भित्र-भित्र अर्का उपाध्यक्ष कुल आचार्य पनि डेमोक्रयाटिक धारको प्रतिनिधित्व गर्दै लाइनमा उभिने कुरा सेलाएको छैन। जमुना घले गुरुङको पुनरागमन हुने चर्चा पनि हराएको छैन। तर आज कुरा गरौँ विल्कुलै फरक व्यक्तिको।

जसरी खेलमा वाइल्ड कार्डको प्रवेश/प्रयोग र मूल्य कसैले अनुमान नै गर्न सक्दैन त्यसैगरी गैरआवासीय नेपाली संघमा आगामी २०१९-२०२१ नेतृत्वको लागि अमेरिका निवासी ब्यबसायी सोनाम लामाको नाम अध्यक्षका लागि आएको छ। संघमा सोनाम लामा नयाँ नाम भने होइन। विगत एक दशक देखि नियमित रुपमा गैरआवासीय नेपाली संघको अभियानमा रहेका लामा अमेरिकाज क्षेत्रका लागि निवर्तमान क्षेत्रीय संयोजक (RC) पनि हुन्।

पछिल्लो समिकरण प्रयास स्वरुप सोनाम लामालाइ अध्यक्ष र जीवा लामीछानेलाइ अर्को एक कार्यकाल चिफ प्याट्रन बनाउने कुरा बाहिर आएको छ। त्यो कष्टमा अध्यक्ष भबन भट्ट र निवर्तमान अध्यक्ष डा शेष घलेको पनि सपोर्ट रहने कुरा निकटमहरुले बताएका छन्।

तर यो कुरा कुमार पन्तका सपोर्टरहरु पत्याउने अवस्थामा छैनन। उनीहरुको जिकिर छ कि अध्यक्ष भबन भट्टसंग गत पटक गरिएको भद्र सहमति नै उपाध्यक्ष कुमार पन्तलाइ यो पटक सघाउने हो। त्यसमा परिवर्तन आएको छैन। तर अध्यक्ष भबन भट्टले आफू उमेद्वार रहेको कुरा धरै ठाउँमा बताइसकेका छन्।

सोनाम लामालाई अगाडि बढाउनेहरुको आरोप छ कि निवर्तमान अध्यक्ष डा घलेको दुइ कार्यकालमा बिकास गरिएको लगभग ७०/८० करोड भन्दा धेरै रकम घट्दै गएर हाल ३०/४० करोडमा पुगेको छ। अनि यो पटक एक पैसा पनि थप्ने काम भएन। त्यसैले यो वर्तमान टोलीलाइ नै चुनौति दिएर जानु परेको हो। लामा कुरा भन्दा काम गर्ने सोझो टाइपको व्यक्ति भएको कुरामा अरु अभियन्ताहरु पनि सहमत छन। यो कुराले निकास नपाउला भन्न पनि सकिन्न। उसै पनि एकजना दरिला व्यक्ति त कुमार पन्तसंग भिडन चाहिने नै भयो सोनाम भन्दा दरिलो अर्को व्यक्ति छैन, अर्का एक जनाले भने।