NRNA; न्यूयोर्कमा एनआरएन डे बिशेष कार्यक्रम गर्ने

Hollywood Khabar September 25,2018 Comments

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्व्य परिषद अमेरिकाको (NRNA NCC USA) न्यूयोर्क च्याप्टरले आउँदो अक्टोवर ६, २०१८ शनिवारका दिन भव्यरुपमा एनआरएन डे मनाउने भएको छ। न्यूयोर्क च्याप्टरले न्यूयोर्क सिटीका निर्वाचित पदाधिकारीको बिशेष उपस्थितिमा बिविध साँस्कृतिक कार्यक्रम समेत गर्ने भएको छ।

गैरआवासिय नेपाली संघ राष्ट्यि समन्व्य परिषद अमेरिका न्यूयोर्क च्याप्टर अध्यक्ष रामहरि अधिकारीका अनुसार न्यूयोर्क राज्यको कुईन्स काउन्टी अन्र्तगतका निर्वाचित पदाधिकारीलाई बिशेष अतिथिका रुपमा बोलाइदैछ।

एनआरएन आईसिसी डिआरसि नविन शेरचन, एनआरएनए महासचिव बाबुराम लामा तथा बोर्ड सदस्य सञ्जय थापाको बिशेष उपस्थितिमा च्याप्टरको आइतवार बसेको कार्यसमिति बैठकले एनआरएन डे बिशेष रुपमा मनाउने निर्णय गरेको हो । च्याप्टरले यसका लागि बिशेष तयारी समेत शुरु गरेको छ।

एनआरएनए र न्यूयोर्क राज्यका बीचमा समन्व्यकारी भुमिका निर्वाह गर्नका लागि समेत यस पटक न्यूयोर्क राज्यका निर्वाचित पदाधिकारीलाई बिशेष अतिथिका रुपमा बोलाउन लागिएको अध्यक्ष अधिकारीले जानकारी दिए ।

नेपाली र नेपालीभाषी समुदायले न्यूयोर्क राज्यमा निर्वाचित पदाधिकारी समक्ष आफ्ना माग राख्न सक्ने र भोलीका दिनमा सहकार्य गर्न सजिलो होस भन्ने अभिप्रायले बिशेष अतिथिका रुपमा बोलाउन लागिएको अध्यक्ष अधिकारीको भनाई छ ।

एनआरएन डे बिशेष कार्यक्रममा बिभिन्न समुदायको बिशेष नृत्य तथा साँस्कृतिक कार्यक्रम समेत रहनेछ । कार्यक्रम सम्पन्न गर्नका लागि अन्तराष्ट्यि समन्व्य परिषद क्षेत्रिय समिति र गैरआवासिय नेपाली संघ राष्ट्यि समन्व्य परिषद अमेरिकाको बिशेष भुमिका रहने जनाउँदै, बिभिन्न संघ सस्था तथा सामाजिक व्यक्तित्वहरुलाई सहयोगका लागि अपिल समेत गरिएको छ।