NRNA Official Seal/LOGO

NRNA दिवस २०१८ कार्यक्रमहरु: मुख्यालय शिफ्ट र बिस्तृत सूची-प्रबक्ता घिमिरेबाट

Hollywood Khabar October 06,2018 Comments

कृष्ण के सी/अमेरिका
गैरआवासीय नेपाली संघले यस वर्षको गैरआवासीय नेपाली दिसव विभिन्न कार्यक्रमहरुको आयोजना गरेर मनाउन गैरहेको छ । यस बिषयमा संघका प्रवक्ता भूषण घिमिरेबाट कार्यक्रमको सूची हलिउड खबरलाइ प्राप्त भएको छ।

प्रबक्ता घिमिरेका अनुसार, भूमुलत पहिलो पटक विज्ञ सम्मेलनको आयोजना गरेर विदेशमा आर्जन गरिएका ज्ञान, शिप र अनुभवलाई नेपालमा कसरी उपयोग गर्न सकिन्छ भन्ने बारेमा करिब दुईसय वटा कार्यपत्रहरु प्रस्तुत हुन गैरहेका छन् ।

यसका साथै प्रवक्ता घिमिरेबाट स्प्रिड्शिटमा प्राप्त विविध कार्यक्रमको सूची बिस्तृत रुपामा यहाँ हलिउड खबरको लागि तयार पारि पोष्ट गरिएको हो।

८ अक्टुवर
बिहान ९:३० देखि १:०० बजे सम्म नेपालको पर्यटन बिकासमा डायसपोराको भूमिका संबन्धि कार्यक्रम हुनेछ। सोहि दिन बिहान ८ बजेबाट महिला फोरमको हेल्थ क्याम्प पनि हुनेछ।

९ अक्टुवर
बिहान ७ बजे लाप्राक नमुना बस्ति स्थलगत अल्वालोकनका लागि प्रस्तान गरिने छ। सोहि दिन १०:३० बजे मोदी बेनी बृदाश्रामको उद्घाटन समेत हुनेछ। यसै दिन ४:०० बजे देखि ५: ०० बजे सम्म सिन्धुलिगढ़ी प्रोजेक्टको मास्टर प्लान प्रस्तुत गरिनेछ।

१० अक्टुवर
बिहान ७ बजे रोड सेफ्टी संबन्धि प्रोजेक्ट हस्तान्तरण गरिनेछ। ८ देखि ११ बजे सम्म कृषि बिकास संबन्धि कमिटीको बैठक छ। दिनको १२ बजे प्राविधिक तालिक केन्द्रको साइट भिजिट हुनेछ। १:०० बजे धादिङ जिल्लाको खानेपानी उद्घाटन कार्यक्रम छ।२ बजे देखि ५ बजे सम्म इन्टरप्रेनार्शिप संबन्धि अन्तरक्रिया राखिएको छ।

११ अक्टुवर
११ अक्टुवर संघको बिशेष दिन हो। त्यसैले यो दिन हरेक बर्ष पुजा गरिने गरिएको छ। बिहान ७ बजे स्वयंभूनाथ र ९ बजे पशुपतिनाथको मन्दिरमा पूजा गरिनेछ। दिनको १:३० बजे इ-लाइब्रेरी संबन्धि कार्यर्कम हुनेछ। ३ बजे शंखमूल गार्डेनको उद्घाटन हुनेछ भने ४ बजे Presidential Award 2018 वितरण गरिनेछ। ५:३० बजे संघको मुख्यालयमा अफिस शिफ्ट गरिनेछ।

१२ अक्टुवर
बिहान ९ देखि ९:३० सम्म रक्तदान र नेपाल रेडक्रस सोसाइटीलाइ टेन्ट हस्तान्तरण गरिनेछ। भने ९:३० बजे पहिलो बिधान सभा सुरु हुनेछ। भने साँझ ५ बजे बिज्ञ सम्मेलनको उद्घाटन हुनेछ। त्यसैगरी सांझा ८ बजे नेपाली कविता वाचन हुनेछ।

१३-१४ अक्टुवर
बिज्ञ सम्मेलन हुनेछ।

१५ अक्टुवर
रोड सेफ्टी र ब्लड ट्रान्सफ्यूजन संबन्धि चेतनामुलक कार्यक्रम हुनेछन। बिहान ८:३० मा शिक्षामन्त्रीसंग अन्तरक्रिया र सोसल इण्टर्प्रेनर्शिप संबन्धि कार्यक्रम छन।

१६ अक्टुवर
रोड सेफ्टी अवार्नेश र बनेपा अर्गानिक फार्मको अवलोकन गरिनेछ।