गैरआवासीय नेपाली नागरिकताको लागी गरिएको प्रयास

NRNA:गैरआवासीय नेपाली नागरिकताको लागी गरिएको पछिल्लो प्रयास

Hollywood Khabar December 27,2018 Comments

हामी गैरआवासीय नेपालीहरुको सबै भन्दा चासो र सरोकारको बिषय भनेको नेपाली नागरिककताको निरन्तरता हो। यस बिषयमा संविधान सभाबाट जारी नेपालको संविधानमा गैरआवासीय नेपाली नागरिकताको विषय उल्लेख भइसकेको अवस्थामा त्यस सम्बन्धी ऐन नहुदा नागकिरतता प्राप्त भने गर्न सकिएको छैन। त्यसैले गैरआवासीय नेपाली संघले विशेष रुपमा नागरिकता ऐन निर्माण प्रक्रियालाई छिटो अगाडि बढाउन आरम्भदेखि नै पहल गर्दै आएको छ।

यो प्रकृया अहिले संसदको राज्य ब्यवस्था तथा सुशासन समितिमा रहेको छ। अवको ऐनमा एनआरएन नागरिकता सहजरुपमा प्राप्त गर्ने गरी ब्यवस्था होस् भनेर बिभिन्न किसिमका प्रयासहरु हुँदै आएका छन। बिशेष गरी गैरआवासीय नेपाली संघको अन्तराष्ट्रिय स्तरको नागरिकताको निरन्तरता संबन्धि कमिटी, संघ नेतृत्व र संघको राष्ट्रिय समन्वय परिषद (एनसिसि) अमेरिकाको तर्फबाट समेत प्रयास हुँदै आएको छ।

यसै क्रममा पछिल्लो समयमा नेपालमा रहँदा नेपाल कम्यूनिष्ट पार्टी-नेकपा अध्यक्ष पुष्पकमल दाहाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, राज्य ब्यवस्था समितिका सभापति शशी श्रेष्ठ लगायतसँग भेट गरी नागरिकता ऐनको बारेमा छलफल गर्नुका साथै यस ऐनलाई छिटो अगाडि बढाउने बारेमा आवस्यक कुरा राख्ने काम सम्पन्न भएको छ।

यसै क्रममा गैरआवासीय नेपाली संघको तर्फबाट राज्यब्यवस्था तथा सुशासन समितिसँग २७ डिसेम्बरमा गरेको अन्तकृया कार्यक्रममा एनआरएन अमेरीकाको तर्फबाट सहभागिता जनाइ समितिमा आौपचारिक भनाइृ राख्ने काम भयो।

यस छलफलमा संघको तर्फबाट अध्यक्ष भवन भट्ट, प्रमुख संरक्षक उपेन्द्र महतो, पूर्व प्रवक्ता मन केसी, एनसिसि अमेरिकाका पूर्व अध्यक्ष खगेन्द्र जि सी, कार्यकारी प्रमुख हेमन्त दवाडी, नागरिकता निरन्तरता कार्यदलका फोकल पर्सन सरोज दाहाल, लगायतको उपस्थिति रहेका थियो ।

छलफलका क्रममा संघिय सांसदहरुले गैरआवासीय नेपाली नागरिकता अधिकार सहित, सहज रुपमा दिने ब्यवस्था गर्न आफूहरु प्रतिवद्ध भएको बताउनु भएको छ । हामीले नेपाली नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमा एनआरएनहरुलाई नागरिकता दिने निकाय र अधिकारीको प्रष्ट व्यवस्था गर्ने लगायतको बिषयमा ध्यनाकर्षण गरेका छौँ।
बैठकमा सांसद पम्फा भुसाल, नवराज सिलवाल, दिलेन्द्र बडु रेखा शर्मा, डिला संगौला, राजेन्द्र श्रेष्ठले एनआरएन नागरिकता दिन आफूहरु सकारात्मक रहेको धारणा राख्नु भएको थियो ।

बिनोद अधिकारी

सदस्य

सरकारी संयोजन समिति एनसिसि अमेरिका