-NRNA:गैरआबासीय नेपाली संघ क्यानडाको Eastern Region को Help Desk कार्यक्रम सम्पन्न

NRNA:गैरआबासीय नेपाली संघ क्यानडाको Eastern Region को Help Desk कार्यक्रम सम्पन्न

Hollywood Khabar December 21,2019 Comments

गैरआबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) क्यानडाको Eastern Region को Help Desk कार्यक्रम टोरन्टोमा भब्यरुपमा सफल भएको छ।

उपस्थित सबैलाई धन्यबाद दिदै अध्यक्ष चिरन्जिबी घिमिरेले अब एनआरएनए एनसीसी क्यानडामा सबैको सम्मानजनक उपस्थिती, बिकेद्रीकरण, कार्यबिभाजन र जिम्मेवारी बहन गर्न पाईने ब्यबस्था भएको हुनाले सोसल मिडियाबाट मात्रै सल्लाह सुझाब हैन, विभिन्न समितिहरुमा समेटिएर केही जिम्मेवरी लिन आग्रह गरेका छन। म भए यसो गर्थे उसो गर्थे प्रथाको अब उन्मुलन हुन्छ।

कार्यक्रममा विभिन्न कमिटिहरुको नाम सार्बजनिक गरेर सार्बजनिक अभियान गरिएको थियो। कमिटिमा समाबेश हुनलाई, यहाँ भेदभाब केही छैन। हामिलाई समयमै सम्पर्क गर्नुभएको कुनै एकजना पनि छुटनुभएको छ भन्ने प्रश्नमा सन्नाटा छाएको थियो। कम बोल्ने र काम बाटै आफनो पहिचान बनाउनी पर्छ र त्यो पहिचान दिर्घकालिन हुन्छ भन्ने घिमिरे क्यानडा भरी रहेका नेपाली समुदायलाई समेटेर एनआरएनए एनसीसी क्यानाडामा संगै काम गर्न पाउँदा गर्व भएको महशुश गर्छन।

सोहि क्रममा उपाध्यक्ष हेमन्त मोहन थापा (उज्वल) को सम्योजन, अध्यक्ष चिरञ्जीवी घिमिरेको सभापतित्व, सचिब फडेन्द्र श्रेष्ठको सन्चालन, कोषाध्यक्ष सरोज भट्टराईको ब्यबस्थापनमा भएको उक्तकार्यक्रमा महासचिब पिताम्बर भट्टराईले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो।

मिडिया सम्योजक बद्री तिमिल्सिनाले एनआरएनए एनसीसी क्यानडाको पेजबाट प्रत्यक्ष प्रसारण गर्नु भएको थियो। उपाध्यक्ष थापाले Help Desk को आबश्यकता, प्रकृति, महत्व र यस्ले क्यानडियन नेपालीहरुमा पार्ने सकारात्मक प्रभाब बताउनु भएको थियो।

कार्यक्रमा मानार्थ आईसिसि सदस्यहरु, आईसिसि सदस्यहरु, विभिन्न सघ सस्थाहरुबाट प्रतिनिधिहरु, विभिन्न पेशा ब्यबसाय गरि बस्नुहुने नेपालीहरु तथा महिला तथा सज्जन बृन्दहरुको उपस्थिती र सक्रीय सहभागिता थियो। कार्यक्रममा १५ कमिटिहरुको सम्योजकहरुलाई नियुक्ती पत्र प्रदान गरिएको थियो। दिपेन क्षेत्रीलाई Eastern Region Help Desk को सम्योजकको जिम्मेवारी पनि दिईएको थियो।