-NRNA NCC Canada Official LOGO

NRNA:एनआरएनए क्यानाडाको साधारण सभा अगष्ट १७ मा हुँदै, एकजना मात्र महिला उम्मेदवार

Hollywood Khabar August 06,2019 Comments

कृष्ण के सी/अमेरिका/८/७/१९

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) क्यानाडाको साधारण सभा अगष्ट १७, २०१९ मा हुँदैछ। तर १३ सदस्य कार्यसमिति र २ जना आइसीसी सदस्यका लागि निर्वाचन भने १० अगष्टमा हुँदैछ।

गैरआवासीय नेपाली संघको केन्द्रिय मेम्बरशिप इन्फर्मेशन सिष्टम (MIS) बाट एनसीसी क्यानाडाको सदस्यता प्रदान गरिएको हो। २०१९-२०२१ को लागि सदस्यता वितरण मे ३१, २०१९ बाट बन्द भएको थियो। यो पटक क्यानाडाको पंजीकृत सदस्यहरु २३५७ जना भएका छन्।

एनआरएनए एनसीसी क्यानाडाको बिधान अनुसार अगष्ट १०, २०१९ मा हुने निर्वाचनबाट १३ जना कार्यसमिति सदस्यहरु निर्वाचित भएर आउने छन्। तिनै १३ जना मध्येबाट पदाधिकारीहरुको निर्वाचन अगष्ट १७, २०१९ मा हुनेछ। पधाधिकारी को को हुन्छन भन्ने कुरा भने पूर्वअनुमान गर्न सकिन्न। १३ जनामा जसको बहुमत भयो उसैको जित हुनेछ।

यसबाहेक कम्तिमा पनि दुइजना अन्तराष्ट्रिय परिषद (आइसीसी) सदस्य सहित एनसीसी क्यानाडाको नेतृत्वको लागि निर्वाचन हुनेछ। सिटी र स्टेटमा नेपालीहरुको संख्याका आधारमा १ या २ जना बोर्ड सदस्यहरु निर्वाचित हुँदै आउँछन्। तिनै निर्वाचित १३ जनाले आफूहरुमध्येबाट कार्यकारी पदको लागि मत दिएर निर्वाचित गर्छन।

स्मरणिय कुरा, पुरै क्यानाडा भरिमा रश्मि थापा मगर एक मात्र महिला उम्मेदवार रहेकी छन्। अब क्यानाडाको उनका सिटीका मतदाताहरुले उनलाई जिताएर एक मात्र महिला प्रतिनिधि बनाउँछन् या हराएर महिला बिहिन कार्यसमिति बनाउँछन् त्यो भने हेर्न बाँकी छ।