NRNA NCC Canada Official LOGO

NRNA:एनआरएनए क्यानाडाको निर्वाचन सम्पन्न, १३ सदस्य परिषद प्रतिनिधिहरु निर्वाचित

Hollywood Khabar August 10,2019 Comments

कृष्ण के सी/अमेरिका/८/११/१९

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) क्यानाडाको निर्वाचनबाट १३ सदस्य परिषद प्रतिनिधिहरु निर्वाचित भएका छन्।

अगष्ट १०, २०१९ मा सम्पन्न भएको निर्वाचनबाट १३ सदस्य प्रतिनिधिहरु निर्वाचित भएका छन्। १३ जना मध्ये ५ जना भने निर्बिरोध रुपमा निर्वाचित भएका छन्।

एनआरएनए एनसीसी क्यानाडाका अनुसार सबै क्षेत्रको मत परिणाम प्राप्त भैसकेको छ। परिणाम अनुसार परिषद अर्थात एनआरएनए एनसीसी क्यानाडाको राष्ट्रिय सामान्य परिषदका १३ सदस्य नव निर्वाचित प्रतिनिधिहरुमा देहायक गैरआवासीय नेपालीहरु रहेका छन्।

ब्राह्मटनबाट-नेत्र (दिनेश) खतिवडा र पिताम्बर भट्टराई

स्कारबोरोबाट-हेमन्त थापा (उज्वल) र फडिन्द्र श्रेष्ठ

मिसिसागाबाट-विजय पौडेल र तुला भट्टचन

मोनिटोवाबाट-शुशील दोरङगा (नेपाल)

भ्यानकुभरबाट-शरद शेरचन

टोरोन्टोबाट चिरञ्जीवी घिमिरे र सरोज भट्टराई, एडमन्टनबाट अर्जुन रसाइली, क्यालगरीबाट अनन्त आचार्य, सास्काटुनबाट देवेन्द्र सुवेदी निर्विरोध निर्वाचित भएका हुन्।

एनआरएनए एनसीसी क्यानाडाले हलिउडखबरलाइ दिएको जानकारी अनुसार अगष्ट १७, २०१९ मा हुने साधारण सभाबाट तिनै १३ जना प्रतिनिधिहरु मध्येबाट पदाधिकारीहरुको निर्वाचन हुनेछ।