-एनआरएनए भाषा साहित्य संस्कृति तथा सम्पदा प्रबर्द्धन समितिको बैठक सम्पन

एनआरएनए भाषा साहित्य संस्कृति तथा सम्पदा प्रबर्द्धन समितिको बैठक सम्पन

Hollywood Khabar April 19,2020 Comments

गैरआवासीय नेपाली संघ (एनआरएनए) को भाषा, साहित्य, संस्कृति तथा सम्पदा प्रबर्द्धन समितिको पहिलो अनलाइन बैठक सम्पन्न भएको छ।

समितिका संयोजक हिक्मत थापाको अध्यक्षतामा सम्पन्न उक्त बैठकको प्रारम्भमा अहिले महामारिका रुपमा फैलिरहेको कोरोना भाईरस कोभोड १९ को चपेटामा परेर ज्यान गुमाउनु भएका गैरआवासिय नेपालीहरुप्रति श्रद्धान्जली ब्यक्त गर्दै देश र परदेशमा उपचाररत बिरामीहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरियो। यसका साथै यो संकटको घडीमा सहयोग, उद्दार, उपचार र राहतमा खटिने सबैमा सम्मान सहित धन्यवाद ब्यक्त गरिएको थियो ।

समितिले प्रवासमा नेपाली भाषा र साहित्य प्रबर्द्धन गर्न नेपाल प्रज्ञा प्रतिष्ठान सङ्ग गर्दै आएको सहकार्यलाई अगाडि बढाउदै जाने र पहिलो चरणमा प्रवासी नेपाली लेखकहरुका सस्मरण/नियात्रा संग्रह र गजल संग्रह गरि दुइवटा संग्रह प्रकाशन गर्ने निर्णय गरेको छ। त्यसै गरि गैरआवासीय नेपाली लेखकहरुको डायरेक्टरी (अभिलेख संग्रह) तयार पार्ने, गैरआवासीय नेपाली साहित्य पुरस्कार कोष स्थापना गर्न छलफल अगाडि बढाउने, समितिको प्रकाशन र कार्यक्रमको कार्य तालिका तयार गर्ने, अनलाइन साहित्यक कार्यक्रम सन्चालन गर्ने लगाएत निर्णय गरेको छ।

उक्त अनलाइन बैठकमा समितिका सस्थापक एब गैरआवासिय नेपाली संघका पुर्व अध्यक्ष जिवा लामिछाने (जर्मनी), अश्विनी कोइराला (नेपाल), निलम कार्की निहारिका (अमेरिका), रमेश पौडेल (नेपाल), हिक्मत थापा (नाइजेरिया ), महेश्वर पन्त (अमेरिका), रमेश कडेल (युगान्डा), बेलुकाजी थापा (जापान), हरि पौडेल (नेदरल्यान्ड), निश्चल पिएस लिम्बू (युएई), भगवती बस्नेत (नेपाल),गोबिन्द प्रसाद गौतम (रसिया), विकास बिष्ट (अमेरिका),गौतम दाहाल (अमेरिका), गोबिन्द गिरि प्रेरणा (अमेरिका), जितेन्द्र मल्ल (अस्ट्रेलिया), कपिल अधिकारी (अमेरिका), कृष्ण कुसुम (अमेरिका ), नृपेश उप्रेति (युके), सजय शान्ति सुबेदी (न्युजिल्यान्ड ), सर्वज्ञ वाग्ले (अमेरिका), सुनिल संगम (पोर्चुगल) तिर्थ सङ्गम राई (कतार), कृष्ण लामिछाने (अमेरिका ) र आरके सुवेदी (नेदरल्यान्ड) को उपस्थिति रहेको थियो।

उक्त बैठकमा वरिष्ठ सल्लाहकार तथा एनआरएनएका पुर्व अध्यक्ष जिवा लामिछानेले समितिले काम अगाडि बढाउन आफ्नो कोष स्थापना गर्नु पर्ने प्रस्ताव गर्दै यस समितिको कोष तयार गर्न रु एक लाख सहयोग दिने घोषणा गर्नु भएको थियो। संयोजक हिक्मत थापाले उहाँलाई धन्यवाद व्यक्त गर्दै ५० हजार आफनो तर्फबाट घोषणा गर्दै कोष बिस्तार र स्थापनाको कार्य पनि अगाडि बढाइने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो।