-NRNA:सातौं एशिया प्यासिफिक क्षेत्रीय बैठक तथा दोस्रो क्षेत्रिय महिला भेला

NRNA:सातौं एशिया प्यासिफिक क्षेत्रीय बैठक तथा दोस्रो क्षेत्रिय महिला भेलाको तयारी तीव्र

Hollywood Khabar June 25,2019 Comments

चिरन शर्मा/लण्डन/६/२६/१९

गैरआवासीय नेपाली संघ (एनआरएनए) को सातौं एशिया प्यासिफिक क्षेत्रीय बैठक तथा दोस्रो क्षेत्रिय महिला भेला आगामी जुलाई ६ र ७ मा म्यानमारको याङगुनमा आयोजना हुदैछ।

बैठकको तयारी तीव्र गतिमा अघि बढीरहेको एशिया प्यासिफिक क्षेक्रका क्षेत्रिया संयोजक (आरसी) किरण बिक्रम थापाले जानकारी दिनुभयो। विशेषतः एसियाली मुलुकमा रहेका गैरआवासीय नेपालीहरुको सहभागितामा नेपालमा लगानी प्रवर्द्धन गर्ने मुख्य उद्देश्यका साथ बैठक आह्वान गरिएको हो ।

यसपटकको बैठक नेपालको समृद्धिका लागि डायस्पोरोको भूमिका भन्ने विषयमा केन्द्रित हुने थापाले बताउनुभयो। यस्तै बैठकमा ठूल–ठूला आयोजना एवं व्यवसायको लगानीमा भन्दा पनि साना तथा मझौला व्यवसायको लगानी र त्यसमा देखिएका नीतिगत अप्ठेरा अनि सम्भावनाबारे विशेष छलफल गरिनेछ ।

यस्तै एसियाली मुलुकका श्रम बजारमा नेपाली श्रमको प्रयोगमा रहेका समस्या पहिचान गर्दै समाधानका लागि पनि छलफल गरिने थापाले जानकारी दिनुभयो । यसैगरी विगतमा गरिएका निर्णय र प्रतिबद्धतालाई हामीले कति पूरा गर्न सक्याौ या सकेनाौ भन्ने समिक्षा समेत बैठकमार्फत गरिने छ । नेपालको समृद्धिमा डायस्पोराको भूमिका कृषि, पर्यटन, एसिया प्यासिफिक क्षेत्रमा नेपालीहरुको लागि श्रम बजार, त्यहााका युवा तथा महिलाको सशक्तिकरण लगायत विषयमा पनि घनीभूत छलफल हुने थापाले बताउनुभयो ।

बैठकमा म्यानमार सहित थाइल्याण्ड, चीन, हङकङ, जापान, मकाउ, मलेसिया, फिलिपिन्स, सिंगापुर र साउथ कोरिया सहितका एशिया तथा प्रशान्त क्षेत्रका सदस्य राष्ट्र लगायत अन्य राष्ट्रका पदाधिकारीहरुको समेत सहभागिता रहनेछ।

साथै संस्थापक अध्यक्ष, पूर्व अध्यक्षहरु, वर्तमान अध्यक्ष सहितका अधिकांश पदाधिकारी, नेपाल सरकारका तर्फबाट विशिष्ट पाहुना एवं प्रतिनिधिहरु, नेपाल उद्योग वाणिज्य संघका प्रतिनिधी साथै अन्य व्यवसायिक विशिष्ट व्यक्तित्व, म्यानमारका महामहिम राजदूत, नेपाली समुदाय, सञ्चारकर्मी लगायत संघको अन्तराष्ट्रिय परिषद (आइसीसी) र विभिन्न राष्ट्रिय समन्वय परिषद (एनसीसी) का प्रतिनिधीसहित करीब पाँच सय भन्दा धेरै जनाको सहभागिता रहने आरसी थापाको भनाई छ ।