NRNA औं राष्ट्रिय समन्वय परिषद माल्टा गठन

NRNA: संघको ८० औं राष्ट्रिय समन्वय परिषद माल्टा गठन, अध्यक्षमा तेज लिम्बू

Hollywood Khabar February 11,2019 Comments

माल्टामा तेज वहादुर लिम्वुको अध्यक्षतामा गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद गठन गरिएको छ ।

कार्यक्रममा गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्तले कार्यसमितिमा चुनिएका पदाधिकारीलाई मंगलवार पद तथा गोपनियताको सपथ ग्रहण गराउनुभएको थियो । कार्यक्रममा सम्बोधन गर्दै उपाध्याक्ष पन्तले माल्टामा छरिएर रहेका नेपालीहरुलाई एकै सुत्रमा बाँध्ने कदमको सुरुवात गरेको बताउनुभयो ।

कुनै पनि मुलुकमा विभिन्न सम्भावना स्थापित गर्न सके समृद्ध बनाउन सकिने बताउँदै उहाँले भन्नुभयो, माल्टा जस्तो सानो मुलुकमा पनि अथाह सम्भावना भएरै हो आज हाम्रै ४ हजार बढी नेपाली दाजुभाई दिदीबहिनी यहाँ बसोबास गरिरहनुभएको छ। यस्तै सम्भावना हाम्रो नेपालमा पनि छ ।

जसको सदुपयोगका लागि हामीले हातेमालो गरेर अघि बढ्न जरुरी छ। उहाँले माल्टामा गठित एनसीसीले सो क्षेत्रमा रहेका नेपालीलाई एकत्रित गरी आपसी भाइचारा अभिवृद्धिमा सघाउ पुर्याउने विश्वास समेत व्यक्त गर्नुभयो। उहाँले चुनिएका सम्पूर्ण पदाधिकारीलाई बधाई ज्ञापन गर्नुभयो।

भेलामा गैरआवासीय नेपाली संघका सहकोषाध्यक्ष सोम सापकोटा, युरोप संयोजक शिव वरुवाल लगायतको उपस्थिती रहेको थियो ।

यसै बीच भेलाले तेज वहादुर लिम्वुको अध्यक्षतामा संघको २५ सदस्सीय माल्टा राष्ट्रिय समन्वयन समितिको तर्दश समिति गठन गरेको छ। उपाध्यक्षहरु रेमलाल खनाल, कृष्ण थापा, महासचिव सन्देश के सी, सचिव शंकर पोखरेल, कोषाध्यक्ष सदिन पोखरेल, सहकोषाध्यक्ष सरिता राई चयन भए ।

भेलाले महिला संयोजक सुस्मा राई, युवा संयोजक रोसन गिरी र सदस्यहरुमा शुसिल अधिकारी, वासुदेव अधिकारी, राजिव दाहाल, शंकर खत्री, कुश कुमारी गुरुङ, महेश्वर श्रेष्ठ, शंकर गुरुङ, मनिता शेढाई, निरज ढकाल, प्रदीप काफ्ले, शिव शंकर राय, अर्जुन पौडेल, दिपक खनाल, विरेन्द्र घिमिरे, मनिष अर्याल, अर्विन पौडेल चयन गरेको छ ।

चिरन शर्मा

समाचार संयोजक

मिडिया एण्ड पब्लिकेशन कमिटी

गैरआवासीय नेपाली संघ

माल्टाबारे थप जानकारीको लागि तलको लिंक क्लिक गर्नुहोस:

https://hollywoodkhabar.com/Malta-80th-NCCnrna