NRNA ६३ औं बैठक, राणाको पुनर्बहाली र महासचिवको राजीनामा

Hollywood Khabar August 21,2018 Comments

कृष्ण के सी/अमेरिका
गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको ६३ औं बैठक अगष्ट १८, २०१८ मा बसेको हो। बैठकले केहि अन्य विषयका साथ दुइवटा मुख्य बिषयमा धेरै समय खर्चियो।

पहिलो थियो गत जनवरी २०१८ मा रोजगारीबाट बिनाकारण वर्खास्त गरिएका राजेश शंशेर राणाको पुनर्वहाली गर्न आएको श्रम अदालतको आदेश। दोश्रो थियो सोहि बिषयमा गलत गरेकै कारण महासचिव ड़ा बद्रि के सीले पदवाट राजीनामा दिनुपर्ने माग।

संघको अरु निर्णय त धेरैले पाइसक्नुभयो त्यसमा मैले लेखिरहनु आवश्यक र अर्थपूर्ण दुवै छैन। तर बैठकले खर्चेको घण्टौ समयलाइ बैठक निर्णयमा नअटाउनु विडंवना हो। त्यसैले यो पटक त्यो बैठकमा घनिभूत छलफल भएका तर महासचिवसंग संबन्धित भएकोले महासचिव डा बद्रि के सीले सेन्सर पास नगरेका विषमा केन्द्रित रहने छ।

बैठक नेपालको सांझ सुरु भयो, नियमित प्रक्रिया पछि प्रतिवेदन र जानकारीको समय थियो। आफ्नो बिचार राख्ने क्रममा संघको बेलायतबाट काउन्सिल (ICC) सदस्य हुनुभएकी कुमारी गुरुङले महासचिव डा बद्रि के सीको राजिनामा माग्नुभयो। बिषय रस्सा कस्सिमा गयो। हुन त महासचिव डा के सीको राजिनामा पहिलो कार्यकालमा पनि तत्कालिन अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक सोनाम लामा र क्षेत्रीय उपसंयोजक एसी शेर्पाले पनि माग्नु भएकै हो। त्यो पटक माफी मागेर टुंगियो।  

सदस्य गुरुङलाइ अरु धेरै बैठकका सहभागीहरुले समेत समर्थन दिए। सो बिषयमा संघका उपाध्यक्ष कुल आचार्यलाइ गरिएको थप प्रश्नमा राजिनामाको बिषय जाहेज भएको भन्नुभयो। सचिव जानकी गुरुङले बिषय जाहेज भएको बताउनु भयो। हुन त सचिव गुरुङ पहिला देखि नै राजेश राणाको वार्खास्ती गैरकानुनी रुपमा गरिएको प्रति बैठक र इमेलबाट बिरोध लेख्नु भएकै हो। सहकोषाध्यक्ष सोम सापकोटा, यूरोप, मध्येपूर्व, एशियाक दुइ दर्जन भन्दा धेरै आरसी/डिआर्सी र आइसिसि सदस्यहरु समेतले महसचिवको राजिनामाको मागप्रति समर्थन दिएका हुन्।

यो पंग्तिकार संघको आधिकारिक निर्यण सार्वजनिक हुने समयको पर्खाइमा बस्यो। निर्णय त आयो तर त्यो बिषयमा आएन र बैठक पछि दबियो र दबाइयो। यूरोपमा भएको तेत्रो भद्रगोल र गरिएको बिरोधको कुनै जवाफ नै दिने काम भएन र संघलाइ अझै एकलौटी रुपमा मनोमानी रुपमा लगियो। अफ्रिका क्षेत्रमा थोरै नेपालीहरु छन् तर धेरै अरु मानविय तस्करी जस्ता समस्या देखिएका छन्। मध्येपूर्वको विकराल समस्यामा पनि बैठक बोल्दैन। अमेरिकाज क्षेत्रमा त आरसीलाइ संघबारे नै थाहा छैन कुरा नै सक्किगयो। तर पनि सिंगो संघलाइ महासचिवले यसरी किन लानुभयो त भन्ने प्रश्न अनुत्तरित छ।   

किन मागियो त राजिनामा?
आइसीसी सदस्य कुमारी गुरुङसंग फोनमा छोटो कुराकानी भयो। उहाँले महासचिवको राजिनामाको बारे भन्नुभयो:

१. पहिलो कुरा काम गर्दै रहेको संघको कर्मचारी राजेश शंशेर राणालाइ एकै रातमा बिना गल्ति या कसुर कामबाट निकाल्नु कुनै पनि कारणले सहि थिएन। त्यसका पनि बिधि हुन्छन, सोधपुछ, चेतावनी र अरु कुरा हुन्छन। ति सबै गर्न त राणाको कुनै गल्ति नै छैन अनि किन नै पो गर्थे र।

२. राणालाइ श्रम अदालतले प्रचलित कानुन, संघको बिधान-नियमावली सबै कारण पुनर्बहाली गर्नु सो समयको तलब-भत्ता, सेवा सुविधा सबै दिनु भनेर गरेको निर्णयको आदेश आयो।

३. संघमा सो पदमा पहिला नै महासचिवले डा दवाडीलाइ नियुक्ति दिएको छ।

४. अर्को पद छैन, बजेट पनि छैन।

५. अब त्यो अवस्थामा सबै कुराको जिम्मेवारी महासचिवले लिनुपर्छ, राणाको अदालत जाँदाको खर्च, तलब सबै जे जति हो सो बिषयमा महासचिवको निजी आम्दानीबाट दिनुपर्छ अनि बिधि-बिधान, नियम कानुन सबै बिपरित गएकोले पदबाट राजिनामा दिनुपर्छ भनेको हो।

७. संघको थप पैसा खर्चेर अरु कर्मचारी राख्न पाइंदैन, राख्ने हो भने डा दवाडीलाइ महासचिवले नियुक्ति दिएकाले उहाँको निजि श्रोतबाट तलब, सेवा-सुविधा दिनुपर्छ भनिएको हो। त्यसैले पनि यस्ता व्यक्ति संघमा रहनु हुँदैन र राजिनामा दिनुपर्छ भनेको हो। यसमा मेरो कुनै व्यक्तिगत कुरा छैन। एउटा सँस्थामा जे हुनुपर्छ त्यो नै भनेकी हुँ।      

संघले राणालाइ बिना जिम्मेवारी काममा बोलाउने, डा दवाडीलाइ एक तह माथि अर्थात् ११ औं तहमा बढुवा गर्ने निर्यण भएको छ। तर श्रोतका अनुसार राणालाइ यो अबधिमा कुनै जिम्मेवारी नदिने, दैनिक रुपमा कैदीलाई जस्तो केराकार गर्ने, पिडा दिने र अन्तमा आफैं निस्कन बाध्य बनाउने तरिका अबलंवन गरको छ। त्यसैकारण बैठकले पुनर्बहाली गर्न गेरको निर्णयलाइ तत्काल कुनै जिम्मेवारी नदिने भनेर थप गरेर पठाइयो यो कुरा निर्णय भएको होइन एक सदस्यले भने।

माफी माग्ने र गल्ति गर्ने सिलसिलाले ह्याट्रिक गर्यो

संघका महासचिव डा बद्रि के सीले पहिलो र वर्तमान गरि दुइकार्यकाल महासचिवको जिम्मेवारी लिनुभयो। तर यो अबधिमा सबै भन्दा धेरै गल्ति गर्ने, माफी माग्ने अनि फेरी तेस्तै र तेही गल्ति गर्ने क्रम भने रोक्नुभएन। एक आइसीसी सदस्यले तिखो रुपमा भन्नुभयो महासचिव ज्यू थेचरो भैसक्नुभयो।

यसैबीच महासचिव डा के सीले आफूलाई जोगाउने अर्को पासा फ्याँकेर अर्को गल्ति गर्न लागेको कुरा यो पंक्तिकरलाइ प्राप्त भएको छ। त्यो भने अर्को पटक बिस्तारित रुपमा लेख्नेछु।