-NRNA ICC Treasurer, Hikmat Thapa

NRNA: गैरआवासीय नेपाली संघ एनसीसी युगाण्डाले तराइका हुरीबतास पिडितलाई सहयोग गर्यो

Hollywood Khabar June 11,2019 Comments

कम्पला/युगाण्डा/६/१२/१९

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) युगाण्डाले तराईका हुरी पीडितकाहरुलाई सहयोग संकलन गर्दै रकम समेत पठाएको छ।

एनआरएनए एनसीसी युगाण्डाले सहयोग संकलन गरि रहेको र हाल सम्मको संकलित रकम एनआरएनएको कोषमा जम्मा गरेको कुरा आइसीसीका कोषाध्यक्ष हिक्मत थापाले जानकारी दिएका छन। जुन १२, २०१९ मा एनआरएनए एनसीसीले दुई लाख छयासी हजार पाच सय सतचालिस रुपैया सहयोग पठाएको छ।

संघका अध्यक्ष राजमणि भन्डारीले ढिलै भए पनि युगाण्डाबाट पीडितलाई सहयोग गर्न पाएकोमा संतोष ब्यक्त गरे। संघको उक्त अभियानमा हाल सम्म विभिन्न एनसीसीहरु बाट रु पैसट्ठी लाख उन्नतीस हजार छ सय पन्ध्र रुपैया जम्मा भै सकेको जनाइएको छ।