Junu Gurung: NRNA Womens' Forum

NRNA: एशिया प्रशान्त क्षेत्रमा महिला फोरम गठन क्रम त्रिब्र: महिला संयोजक गुरुङ

Hollywood Khabar November 26,2018 Comments

कृष्ण के सी/अमेरिका

गत जुलाईमा यो पंक्तिकारसंग छोटो कुराकानी गर्दै गैरआवासीय नेपाली संघ अन्तराष्टिय समन्वय परिषदको एशिया प्रशान्त क्षेत्रकी महिला संयोजक जुनु गुरुङले आफ्नो क्षेत्रमा महिला फोरम गठन तिब्र बनाउने बताएकी थिइन।

महिलाहरुको नेतृत्व र सहभागिता कम भएको कुरा बरंबार बताइन्छ। त्यसै कुरालाई मध्ये नजर गर्दै एउटा योजना र अभियानका साथ एशिया प्रशान्त क्षेत्रमा रहेका महिलाहरुको सांगठानिक बिकासमा तिब्रता दिने क्रम सो क्षेत्रकी महिला संयोजक जुनु गुरुङले गरेकी छन्।

गुरुङका अनुसार संघको एशिया प्रशान्त क्षेत्रका सबैजसो राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुमा एनसीसीहरुका महिला संयोजकको संयोजकत्वमा महिला फोरम गठन गरिने छ। यो कार्यक्रम ऐले एउटा अभियानकै रुमामा अगाडि बढाइएको छ। एनसीसी महिला फोरमले हरेक एनसीसीहरुमा महिला नेतृत्व हिकास, उनीहरुको व्यवसायिक जीवन अनि संघमा सहभागिता बढाउने कार्य गर्नेछन।

यसै अभियानको पहिलो चरणमा जापान र हंङकङ एनसीसीहरुमा महिला फोरम गठन गरियो। त्यसैगरी थाईल्याण्ड, सिंगापुरमा र मकाउमा पनि महिला फोरम गठन भएका छन्। मलेसीयामा यहि नोवेम्बर २९, २०१८ मा सो कार्यक्रम राखिएको छ। अब कोरीया र म्यान्मारमा पनि छिट्टै नै महिला फोरम गठन हुँदैछन। त्यसपछि यो क्रम निरन्तर रुपमा अरु एनसीसीहरुमा पनि हुने कुरा संयोजक जुनु गुरुङले हलिउड खबरसंगको कुराकानीमा बताइन।

यसको दोश्रो चरणमा महिला नेतृत्व र उनीहरुको ब्यबसायिक बिकासका कार्यक्रमहरु संचालन गरिनेछन। गैरआवासीय नेपाली संघको एशिया प्रशान्त क्षेत्रको छैठौं क्षेत्रिय बैठक तथा सो क्षेत्रका महिलाहरुको प्रथम बैठक आगामी डिसेम्बर ८-९, २०१८ मा हङकंङमा आयोजना गरिएको छ। सो बिषयमा केन्द्रित हुँदै उक्त बैठकमा महिला नेतृत्व बिकास र व्यवसायिक विकासका कुरा गरिनेछन। अनि यस क्षेत्रबाट गैरआवासीय नेपाली संघमा महिला सहभागिता, नेतृत्वमा प्रतिशपर्धा अनि योगदान पनि प्रतिश्पर्धी रुपमा नै अगाडी जाने विश्वाश संयोजक गुरुङको छ।