NRNA महिला फोरमको आयोजनामा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

Hollywood Khabar March 02,2018 Comments

गैरआवासीय नेपाली संघ महिला फोरमको आयोजनामा अछाम जिल्लाको मंगलसेनमा आङ खस्ने समस्या भएका महिलाहरुको लागि छैठौं निशुल्क स्वास्थ्य शिविर र पहिलो नाक कान घाटी स्वास्थ्य शिविर २०१८ फेब्रुवरी २६ देखी २७ सम्म संचालन गरिएको थियो। महिला शिविरमा पाठेघर समस्या भएका करीव २०० जना भन्दा बढी महिलाहरुले जाँच गराएका थिए । यसरी नै ५०० जना भन्दा बढी महिला, पुरुष र बालबालिकाहरुले नाक कान घाटी सम्बन्धी चेकअप गराएका थिए। ति मध्ये २० जनाको शल्यक्रियाको लागि रेफर गरिएको छ।
उद्घाटन शत्रमा कार्यक्रमका प्रमुख आतिथि मंगलसेन नगरपालिकाका उपमेयरले यस प्रकारको स्वास्थ्य शिविर संचालन गरेकोमा गैरआवासीय नेपाली संघ महिला फोरमलालाई धन्यवाद प्रकट गर्नु भयो। यस कार्यक्रममा विभन्न वक्ताहरुले जनचेताना मुलक शिविर संचालन गरेकोमा गैरआवासीय नेपाली संघ महिला फोरमको प्रशंसा गरेका थिए। कार्यक्रमका सभापति महिला फोरमका संयोजक रजनी प्रधानले महिला फोरमका गतिविधहरु बारे जानकारी दिनुका साथै शिविरमा संलग्न चिकित्सकहरु, मंगलसेन अस्पतालका अध्यक्ष लगायत स्वास्थ्य कर्मीहरु र मंगलसेनमा भएका सरोकारवाला संघ संस्थाहरुको सहयोग प्रति हार्दिक आभार प्रकट गर्नु भयो ।
पाठेघर समस्या भएका महिलाहरुका लागि नवजीवन अस्पातालका चिकित्सिक डा. जयराम केसीका साथै उहासंग गएको टोलीले स्वास्थ्य परिक्षण गरेका थिए । यसरी नै नाक कान घाटी समस्या भएका विरामीहरुका लागि विर अस्पताल तथा काठमाण्डौ अस्पतालका नाक कान घाटिका विशेषज्ञ डा. जयन्द्र प्रधानाङ्ग र उहाँको टोलीले परिक्षण गरेका थिए ।
यस कार्यक्रममा मंगल सेनका उपमेयर १२ नम्वरका वडा अध्यक्ष, अस्पतालका अध्यक्ष लगायत स्वास्थ्य कर्मीहरु नवजिवन अस्पतालका स्वास्थ्यकर्मीहरु, स्थानीय समुदायहरु, गैरआवासीय नेपाली सघ मानार्थ समितिका सदस्य रवीन्द्र प्रधान, स्पेनबाट प्रतिनिधि गर्नु हुने आइसिसि सदस्य शितल भूर्तेलको सहभागीता रहेको थियो ।
गैरआवासीय नेपाली संघ महिला फोरम।