NRNA:एनआरएनए आइसीसीको उपाध्यक्षमा हिक्मत थापा उम्मेद्वार हुने

0
shares

by Krishna KC | Updated: 16 Aug 2019

223 views
-NRNA ICC Treasurer and VP Candidate for 2019 Hikmat Thapa

कृष्ण के सी/अमेरिका/८/१६/१९

गैरआवासीय नेपाली संघ (एनआरएनए) का बर्तमान कोषाध्यक्ष हिक्मत थापाले संघको आगामी २०१९-२०२१ कार्यकालको लागि उपाध्यक्षमा उम्मेद्वार हुने भएका छन्। हलिउडखबरसँगको कुरानाकीमा उनले केहि दिन पहिला नै उम्मेद्वार हुने तथा अलिकति सर-सल्लाह गर्दै गरेको कुरा बताएका थिए।

नेपालको पश्चिम कैलाकीका हिक्मत थापा गैरआवासीय नेपाली संघको अफ्रिका क्षेत्रबाट उदाउँदै आएका व्यक्ति हुन्। एनआरएनएमा २००७ देखि नियमित रुमपा संलग्न थापा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) नाइजेरियाको सस्थापक अध्यक्ष हुन्।

उनले २०११ देखि २०१५ सम्म अफ्रिका क्षेत्रको क्षेत्रीय संयोजक (आरसी) भएर काम गरेका। २०१५ को निर्वाचनबाट कोषाध्यक्षमा निर्वाचित थापा २०१७ मा पनि सोहि पदमा पुन:निर्वाचती भएका हुन्। एनआरएनएको अफ्रिका महादेशमा संस्था बिस्तारमा गर्नमा थापाको ठूलो योगदान छ।

सालिन स्वभावका थापा २००७ देखि अफ्रिकाको नाइजेरियामा बस्दै आएका छन्। उसो त उनको रुचि साहित्य पनि हो। व्यक्ति र क्षेत्र भन्दा पनि विश्व भरिका नेपालीहरुको हितार्थ आफ्नो सक्दो योगदान भन्ने विश्वस थापाको रहेको छ। थापाले यो पटक पनि आफ्नो विश्वासलाइ साथ दिन गैरआवासीय नेपालीहरुलाई हार्दिक अनुरोध गरेका छन्।