-संयुक्त राष्ट्र संघ सुरक्षा परिषदका लागि अमेरिकी राजदूत समक्ष नेपालको नक्सा सहित ज्ञापन पत्र पेश

संयुक्त राष्ट्र संघ सुरक्षा परिषदका लागि अमेरिकी राजदूत समक्ष नेपालको नक्सा सहित ज्ञापन पत्र पेश

Hollywood Khabar June 09,2020 Comments

संयुक्त राष्ट्र संघ सुरक्षा परिषदका लागि अमेरिकी राजदूत महामहिम (Her Excellency) Kelly Craft समक्ष नेपालको सिमानामा भारतद्वारा गरिएको अतिक्रमणबारे ज्ञापन पत्र पेश गरिएको छ।

जुन ८, २०२० सोमबारका दिन पेश गरिएको ज्ञापन पत्रमा नेपालको पश्चिम सिमानामा भारतद्वारा अतिक्रमण गरी नयाँ नक्सामा समेत भारतको जमिन भनि प्रकाशन गरेको अवस्थाको जानकारी गराउन सो ज्ञापन पत्र पेश गरिएको हो।

ज्ञापन पत्रमा नेपालको आधिकारिक नक्सा, नेपाली नक्साको सिक्काको प्रति, भारतद्वारा अतिक्रमण गरिएको जमिनको भागको नक्सा र पहिलाको भारतसंग गरिएको सन्धिको पत्रको प्रति समेत समावेश गरिएको छ। सो ज्ञापन पत्रको प्रति विभिन्न सरोकार राख्ने निकायमा समेत प्रदान गरिएको छ।

यो प्रयासमा गैरआवासीय नेपाली संघका क्षेत्रीय संयोजक राजन त्रिपाठी, आइसीसी सदस्य जेदु पोख्रेलका साथै संघका संस्थापक उपाध्यक्ष डा श्याम कार्की, बिज्ञ हरि शर्मा, संचारकर्मी किरण मरहट्टा, भिम बहादुर बिक, इश्वर थापाको टिमले गरेको हो। ज्ञापन पत्रलाई गैरआवासीय नेपाली संघ अमेरिका क्षेत्रको तर्फबाट प्रेश गरिएको छ। यो टिमले ज्ञापन पत्र पेश गरेपछि त्यसको फलो अप पनि गर्ने कुराको जानकारी संघका क्षेत्रीय संयोजक राजन त्रिपाठीले जानकारी दिनु भएको छ।

ज्ञापन पत्रको प्रति निम्न निकायहरुमा पठाइएको छ:

  • Honorable Senator Tim Kaine, Foreign Relation Committee, US Senate Office
  • Honorable Senator Ben Cardin, Foreign Relation Committee, US Senate Office
  • US Department of State, Washington DC
  • United Nations, Office of the Secretary General, New York, NY
  • Government of Nepal, Foreign Ministry, Kathmandu, Nepal
  • Permanent Mission of Nepal to the United Nations, New York NY

कृष्ण के सी

उपसंयोजक

मिडिया एण्ड पब्लिकेशन कमिटी

गैरआवासीय नेपाली संघ

जुन १०, २०२०