Mahesh K Malla, NRNA NCC USA Candidate for General Secretary 2017-2019

NRNA अमेरिकाका महासचिवका उम्मेदवार महेश मल्लको प्रतिबद्धता

Hollywood Khabar May 16,2017 Comments

गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको आसन्न निर्वाचनबाट बन्ने २०१७-२०१९ कार्यकालको नेतृत्वमा न्यूयोर्क निवासी म महेश कुमार मल्लले महासचिवको उम्मेदवार भएको घोषणा लामो समय पहिला नै गरेको छु।

म आफु काभ्रे पलान्चोक जिल्लामा जन्मेर बिगत १० बर्ष देखि न्ययोर्कमा बस्दै आएको छु। न्यूयोर्कमा रहेर थुप्रै संस्थाहरुसँग स्वयंसेवकको रुपमा काम गर्दै वर्तमान अवस्थामा नेपाली जनसम्पर्क समिति अमेरिकाको न्यूयोर्क च्याप्टरमा निर्वाचित महासचिव समेत रहेको छु। 

NRN संस्थाको नीति र बिधान अनुसार संस्थाको निर्वाचनमा उम्मेदवार हुनको लागि राजनैतिक र धार्मिक प्रभावका संस्थाको पदिय जिम्मेवारीबाट मुक्त हुनुपर्छ। सोही अनुसार NRN अभियानमा पदिय रुपमा जाने निर्णय गरेपछि मैले सो पदबाट राजिनामा दिएर आएको छु।

म आफू निर्वाचित भए पछि NRNA NCC अमेरिकाको महासचिवको हैसियतले नियमित रुमपा महासचिवबले गर्नुपर्ने काम बाहेक निम्न एजेण्डाहरु आफ्नो अध्यक्षका उम्मेदवारको घोषणा पत्रमा भएका एजेन्डाहरुलाई मर्जगर्ने र नभएकाहरुलाई थप गरेर सबै एजेन्डाहरुको पुरा गर्ने प्रतिबद्धता जाहेर गर्दछु।

१. एनआरएनए  सदस्यहरु बाहुल्य भएका शहरहरुमा हेल्प डेस्कको ब्यवस्था गर्ने

२. नियमित टाउनहल मिटिङ गर्ने र संस्थाको गतिबिधी जानकारी गराउने जसले गर्दा संस्थामा पारदर्सिताको बिकास भै सदस्यहरु बिच संस्थाप्रति बिश्वास र लगाव बढ्नेछ

३. ब्यबसायिकता र विभिन्न आवश्यकताका अनुसारका सेमिनारहरु गर्ने

४. सदस्यता वितरण सधै खुल्ला राख्ने र नवीकरण अभियानलाई अध्यावधिक राख्ने 

५. नेपाली कम्युनिटी हल न्यूयोर्क शहर लगायत नेपालीहरु बाहुल्य भएका शहरहरुमा बनाउन पहल गर्ने

६. एनआरएनए परिचय पत्र (Membership ID) प्रदान गर्ने

७.एनआरएनए अमेरिकाको Website बृहत जानकारी मुलक बनाउन मिडिया कोअर्डिनेटरलाइ बिशेष कार्यक्रम बनाउन र त्यसको अनुगमन लगाउने

८. मिडिया, युवा, महिला र अर्थका डिपार्टमेन्ट हेडहरुले आ-आफ्नो कार्य गरेको कुरा हप्ताको एक पटक मनिटरिङ्ग गर्नेछु र आवश्यकता अनुसार अध्यक्षसंग परामर्श गरि बैठकमा रिपोर्टिंग अनि पब्लिकमा सुचना दिने समेत गर्नेछु

९. एनआएएन डे October 11 लाई बिबिधता सहित मनाउन सुरु गराउने छु

१०. एनआरएनए अमेरिका र आइसिसिसंग महासचिवको हैसियतले गर्नुपर्ने संचार र सम्पर्क नियमित र आवश्यकता अनुसार गर्नेछु 

११. अध्यक्षको घोषणा पत्र र आफ्नो एजेन्डाका कुरा समेत थपेर अध्यक्षसँग परामर्श गरेर  संस्थाको पहिलो बैठकबाट अनुमोदन गराई बार्षिक र दुइबर्षे योजनामा सो कुराहरु पुरा के कसरी गर्ने भनेर योजना बैठक बोलाउने छु

१२. अमेरिका भरिका सम्पूर्ण नेपाली मुलका संघ-संस्थाहरुसंग सम्पर्क राखी सहकार्य र सहभागिता बारे नियमितता गर्नेछु 

१३. बार्षिक साधारण सभा, अधिवेशन र योजना बैठक र फिजीकल बैठकहरु बार्षिक र दुइबर्षे कार्य योजनामा उल्लेख गरिनेछ 

१४. च्याप्टरहरुको ब्यबस्थित संचालन गर्न च्याप्टर संचालन निर्देशिक पहिलो ३० दिनमा नै तयार गरी कार्यन्वयनमा लैजानेछु 

१५. बार्षिक र दुइबर्षे कार्ययोजना अनुसारका विभिन्न कमिटीहरुको गठन प्रक्रिया पहिलो ३०-६० दिनमा नै पुरा गर्ने

१६. सल्लाहकारहरुको नियुक्तिमा एउटा सामान्यत नीति बनाइनेछ र सोही अनुरुप बिधान भित्र रहेर नियुक्ति गर्न कार्य गर्ने 

१७. हरेक सदस्यहरुलाई नियमित सम्पर्कमा राख्ने र बिभिन्न सुबिधाहरु प्रदान गर्ने

१८. सल्लाहकार, आइसिसि सदस्य, डिआरसी, आरसी एनसीसीका विभिन्न कमिटिहरुको नियमित बैठक र सम्पर्क योजना बनाइ सो अनुरुप गर्नेछु 

१९. हाल प्रशासनिक रुपमा आएका बिभिन्न विवाद र असामान्जस्यताहरुलाई संस्थागत रुपमा अन्त गर्न बिशेष कार्यहरु गर्नेछु

२०. आइसीसीको सन् २०१७ मा हुने बिशव सम्मेनल तथा अधिवेशनमा बिधान र अन्य संस्थागत परिमार्जन गर्न सुझाव सहति र पहल गर्नेछु 

२१. संस्थाको नियमित बैठक गराउने र सो को निर्णय वेबसाइटमा सार्वजनिक गरिनेछ।    

२२. एनसीसी र आइसीसीको आवश्यकता अनुसार थप कामहरु गर्नेछु