NRNA अमेरिकाको फट्याई निरन्तर: समिति सदस्य सबै मुर्गा

Hollywood Khabar November 07,2017 Comments

कृष्ण के सी/अमेरिका
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको वर्तमान नेतृत्त्वले आफ्नो बैठकमा मतदानको निर्णय भन्दै कार्यसमितिका सबैलाई मुर्गा बनाएको समाचार छ। वर्तमान अध्यक्ष डा केशब पौडेलले २५०० भन्दा धेरै फ्रडमत हालेर जितेको अन्यथा उहाँको स्थान तेश्रो हुनेथियो भन्ने कुरा त सबैलाई थाहा भएको नै हो।
गत ग्लोबल सम्मेलनमा अमेरिकाका डेलिगेट्स छनोट देखि काठमाण्डौमा १८१ जनामा २७ जना भन्दा धेरै खाली रहंदा पनि डेलिगेट्स हुन काठमाण्डौ पुगेका धेरैको नाम थप्न दिने काम भएन। केवल लिएको ठेक्का पुरा गर्नको लागि।
डेलिगेट्स रोक्ने मात्र होइन फोटो खिचेर प्रिन्ट भएको मेरो आफ्नै पास पनि तपाईंको चाँहि डा केशब पौडेलले रोक्नु भन्नु भएको छ भनेर तीन दिनसम्म रोक्ने काम भयो। तेतिमात्र होइन उद्घाटनको दिन सम्म पनि दिइएन। म आफ्नो प्रेस आइडी लिएर प्रवेस गरेको थिए उद्घाटनसत्रमा। सो कुरा फेस बुकमा पोस्ट गरेपछि अन्तमा उद्घाटनको दिन सांझ मेरो पास म काम गर्दैगरेको बिजनेस सेन्टरमा पुर्याउने काम भयो।
त्यो त सामान्य नै भयो, अत्याचार र लाजमर्दो हर्कतले सिमा नै नागेपछि त हामीलाई अमेरिकी एनआरएन भन्न नै लाज भएको छ। ७५ एनसीसीमा सबैभन्दा घटिया र इथिक नभएको एनसीसी नै अमेरिका हो, त्यसको नेता वर्तमान अध्यक्ष डा पौडेल हो त्यो कुरा भने प्रमाणित भएको छ।  
भर्खरै मात्र तीन दिन अगाडि परिषदको बैठक बस्यो भनेर महासचिवले पुष्टि गर्नुभयो। बैठकबाट मिडिया कोअर्डिनेटर र प्रवक्ताको नियुक्ति गर्ने काम भयो रे तर औपचारकि सुचना आएको छैन। सो दुवै पदको नियुक्ति प्रति मेरो कुनै गुनासो छैन। बिधानत अध्यक्षले भ्यालिड सदस्य मध्यबाट योग्यता पुगेका, आफुलाई विश्वाशिलो व्यक्तिको नियुक्ति गर्ने हो। अब त्यो दुइपद अध्यक्षले आफुले खाने मेन्यू आफैले छानेपछि खाना स्वादिष्ट बन्छ कि बन्दैन त्यो आफैलाई हो।
गैरआवासीय नेपाली संघको बिधान अनुरुप अन्तराष्ट्रिय परिषदले विश्वभरिबाट गत सम्मेलनमा भएका प्रतिनिधि मध्यबाट २१ जना, ति मध्य कम्तिमा पनि ७ जना महिला हुनेगरी नियुक्ति गर्नसक्छ। उसले एनसीसीहरुको पनि सहभागीता रहोस भनेर एनसीसीहरुबाट पनि नामको प्रस्ताव माग्न सक्छ तर तिनै मध्यका व्यक्ति नियुक्ति गर्न बाध्य छैन। सो नियुक्ति गर्न राष्ट्रिय परिषद अमेरिकाले आएका मध्य भनेकै व्यक्तिको नाम पठाउन एउटा नाटक गरेछ। टेक्स्टबाट मतदिने।
मतदानको विश्वब्यापी प्रचलन अनुसार दुइ किसिमका मतदान हुन्छन, गोप्य र खुल्ला। सामान्यतया कार्यसमितिमा खुल्ला मतदान हुनेगर्छन। अब गोप्य मतदान टेक्स्ट गरेर माग्ने, त्यो सार्वजनिक नगर्ने अनि यो जित्यो भनेर दिने। किन कि भनिएका तीनजनाको नाम गत काठमाण्डौ सम्मेलनमा नै सार्वजनिक चुहावट भएको कुरा हो, अब तिनै व्यक्ति बैठकको गोप्य मतदानबाट जिते भन्नु नाटक नभएर अरु के हो र ?  त्यो पनि डा केशब पौडेलले ? कसरी पत्याउने कि त्यो सहि हो। फ्रडका माहिर डा पौडेलले आफ्नो कार्यसमतिका आफुहरुलाई मुर्गा बनाएर निर्णय पास गरेको कुरा समितिकै ६ जनाले बताएका छन्।
पहिलो कुरा त भनिएको तीनजनाको नाम २१ जनामा पर्ला भनेर पक्का छैन। दोश्रो कुरा, भनिएका व्यक्तिले नै धेरै मत पाए भन्ने कुरामा कोहि पनि विश्वत छैन। तेश्रो कुरा, डा पौडेललाइ मतको नतिजा देखाउन चुनौती दिन्छन अरु आकांक्षीहरु।