NRNA:एनसीसी अमेरिकाको निर्वाचन निर्धारित मे १८-१९, २०१९ मा नै हुने सूचना

0
shares

by Krishna KC | Updated: 15 May 2019

133 views
NRNA NCC USA Official LOGO

कृष्ण के सी/अमेरिका/५/१५/१९

गैरआवासीय नेपाली संघका राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको निर्वाचन पूर्व निर्धारित समयमा नै हुने सूचना निर्वाचन आयोगले जारि गरेको छ।

एनआरएनए एनसीसी अमेरिकाको राष्ट्रिय निर्वाचन आयोगले मे १५, २०१९ का दिन एक सूचना जारि गर्दै सो निर्वाचन पूर्वनिर्धारित मितिमा नै हुने र यससंग उठेका पारदर्शिता, मतदाता सूचना, वेबसाइट डाउन जस्ता बिषय समेतको जवाफ सहित सो सूचनामा बताएको छ।

सूचनामा निर्वाचनमा कुनै फेरबदल गरिएको छैन त्यसैले निर्धारित समयमा नै निर्वाचन हुने हुनाले सबै संबद्ध र सरोकारवाला पक्षहरुलाई जानकारी गराएको छ कुरा प्रमुख विश्वनाथ बराल यस पूर्व नै हलिउडखबरलाइ जानकारी दिएका थिए।

पूर्व निर्धारित तालिका अनुसार मे १८ बिहान ८ बजे पूर्वीय समयमा सुरु भएर मे १९ रातको ११:५९ प्यासिफिक समयमा बन्द हुनेछ।

त्यसैगरी निर्वाचनको नतिजा २१ मे, २०१९ का दिन प्रकासित गरिनेछ। ओथ र टेकओभर-ह्याण्ड ओभर कार्यक्रम भने जुलाई ६, २०१९ का दिन राखिएको छ।

निर्वाचन संबन्धि पूर्व निर्धारति कार्यतालिका हेर्न तलको लिंक क्लिक गर्नुहोस:

https://hollywoodkhabar.com/nirwaachan-nrnanccusa-schedule

जारि गरिएको सूचना हेर्न तलको लिंक क्लिक गंरुहोस:

https://nrnusa.org/media/28870/election-2019-announcement-8.pdf