-क्षेत्रीय संयोजक (RC) गौरी राज जोशी

NRNA:एनसीसी अमेरिकाले सुझाव नमाने डिएफिलेशन गर्ने अनि साझा पहल गर्ने-आरसी जोशी

Hollywood Khabar May 14,2019 Comments

कृष्ण के सी/अमेरिका/५/१५/१९

गैरआवासीय नेपाली संघका अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक (RC) गौरी राज जोशीले मे १४, २०१९ का दिन संघको एनसीसी अमेरिकाले बिधि र प्रकृयासंगत नगरेको भन्दै सो पुरा गरेर निर्वाचनमा जान सुझाव दिएका छन्।

उनले एनसीसी अमेरिकाले सुझाव अनुरुप निर्वाचन नगराएमा डिआरसी नविन शेरचन र आफू मिलेर यो एनसीसी अमेरिकालाई डिएफिलेशन गर्ने अनि साझा पहल गरेर जाने कुरा हलिउडखबरसँग बताएका छन्।

आरसी जोशी र क्षेत्रीय उपसंयोजक नविन शेरचनको सो चुनौती सहितको सुझावलाई संघका पुर्व आरसी सोनाम लामा, पूर्व डिआर्सी एनसी शेर्पा, केहि आइसीसी सदस्यहरु, एनसीसीका पूर्व पदाधिकारी समेतले सहि समयमा सहि निर्णय भन्दै समर्थन गरेका छन्।

संघको चालु बिधान अनुसार संबन्धित क्षेत्रको क्षेत्रीय संयोजकलाइ त्यस्तो अधिकार रहेको छ। यति मात्र होइन एनसीसीहरुले कि आफूले बिधान र बिधि अनुसार बुझेर काम गर्नुपर्छ होइन भने, भनेको सुन्नुपर्छ, मान्नुपर्छ। यदि यस्तो हुँदैन भने अन्तराष्ट्रिय परिषदमा डिएफिलेशन प्रकृयाको लागि सिफारिस गर्नेछु, आरसी जोशीले भने। गत पटक पनि विश्वका १० को हाराहारीमा एनसीसीहरु बिधान अनुरुप नजाँदा डिएफिलेशन गरिएको नजिर अझै छ।

आरसी जोशीले थपगर्दै भने- पहिलो कुरा सदस्यता संघको मेम्बरसिप इन्फर्मेशन सिष्टम (MIS) अनुरुप जानुपर्यो। त्यो कुरा एनसीसी अमेरिकाले मानेको छैन। दोश्रो कुरा सदस्यतामा संकास्पद गतिबिधि र छानविन सहि ढंगबाट भएन। बजारभरि इन्फर्मेशन आएका छन्, गोपनियता पनि भएन। तेश्रो कुरा निर्वाचन प्रकृयामा पारदर्शीता देखिएको छैन। एउटा आम नेपालीहरुको सेन्टिमेन्टसंग जोडिएको सँस्थामा यस्तो गर्नु हुँदैनथियो।

यी सबै हुँदा-हुँदै पनि सुझाव र सल्लाह मानिएन भने मैले अर्को अप्रिय निर्णय लिनुपर्छ। यो एनसीसीलाइ डिएफिलेशन गर्नुपर्छ। डिएफिलेशन पछि उहाँहरुले डेलिगेट्स लैजान सक्नुहुन्न। विश्वो सम्मेनलमा उहाँहरुको आधिकारिक सहभागिता हुँदैन। त्यो अवस्थामा ति प्रतिनिधि छान्ने काम डिआरसी र मेरो हो।

त्यसो नहुनको लागि यो निर्वाचनलाइ पारदर्शी रुपमा बिधि-बिधानसंवत रुपले प्रकृयागत रुपमा जानुपर्यो। अन्तमा आइसीसी र एनसीसीबिचको एफिलेशनमा हुनुपर्ने करार र सँस्थासँग जोडिएका कारण सबैलाई कायम गरेर जानुपर्यो भनेको हो। अन्यथा डिएफिलेशन पछि यो एनसीसी नियन्त्रण नभएर गएको डिरेल जस्तै हुन्छ, जोशीले भने।

NRNA:एनसीसी अमेरिकालाइ आरसी जोशीले दिएको निर्वाचन रोक्ने पत्रलाइ पुर्व आरसी, डिआरसी, अध्यक्ष र उपाध्यक्षको समर्थन संबन्धि अघिल्लोपटक पोष्ट गरिएको समाचार हेर्न तकल्को लिंक क्लिक गर्नुहोस:

https://hollywoodkhabar.com/nrna-rijoshi-dracletterssupport