Bhuwan Adhikari

NRNA: गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको चुनाबमा दिएका बचन कता गए ?

Hollywood Khabar December 27,2018 Comments

भुवन अधिकारी

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका जसलाई एनआरएनए एनसीसी अमेरिका भनिन्छ। यसको नेतृत्वमा पुग्नको लागि गत २०१७ को निर्वाचनमा सयौं उम्मेद्वारहरु थिए। हरेकले आफ्नै-आफ्नै फुलबुट्टे कुराहरु चिरिच्याट्ट पारेर घोषणा गरेका थिए। कतिपयले त आफ्नो पदको हैसियत भन्दा माथि उठेर शब्दकोष हेर्दै उदारो आश्वाशन पनि दिएका थए।

त्यो समय यस्तो लाग्दथ्यो को अब अमेरिकामा नेपाली समाज मात्र होइन उनीहरुले पुरा नेपाल नै समृद्ध बनाउँछन्। सायद नेपालका प्रधानमन्त्रीले समृद्ध नेपाल भन्ने नारा पनि यिनीहरुबाट सिकेका होलान। यहाँ सम्मकी एउटा च्याप्टरको सदस्यको उम्मेद्धारले नेपाल र अमेरिकाको दोहोरो कर प्रणालीलाइ ब्यबस्था गर्छु भन्न सम्म भ्याए। लाजैको पसारो भनेझैं भयो सुन्नलाई अनि भन्नेलाइ अप्ठ्यारो पनि भएन।

हुन त त्यो बेला दिएका ति सयौं व्यक्तिहरुका हजारौं आश्वाशन धेरैले भुले पनि होलान। तर हामी मध्ये धेरैलाई त्यो कथा कहानी अझै पनि याद छ। अब फेरि चुनाब कै कुरा उठेका छन्। चिया पसल र भोजनालय तिर केही जोडी कम्यूटर सहित स्टाटसतिर देखिन थालेका छन्। कतिपय त तिनै गत चुनाबका आश्वाशन दिनेहरु छन्। आज तिनीहरु नै मध्येका धेरै जना फेरि पनि आउँदैछन्। कति जितेका कति हारेकाहरु छन्। अब पक्कै सोधौं- के के पूरा भयो र के के भएनन। साच्चिकै रुपमा पनि त्यो कुरा हेर्नुपर्ने बेला आएको छ।

मैले जिते भने यो संस्थालाइ सबैले सम्मान गर्ने बनाउछु। सबैले सदस्य हुनको लागि आफै आउने वातावरण बनाउछु। सबै सदस्यहरुको असली प्रतिनिधित्व गर्ने संस्था बनाउछु। हाम्रो परिचय यहाँ परदेशमा उँचो त बनाउछु-बनाउछु यसका अलावा मातृभूमिको संबन्धमा हामी सबैलाई सहकार्य गर्ने वातावरण बनाउछु। सबैभन्दा ठूलो कुरा त सम्पूर्ण सदस्यको भावनालाइ फ्लाश ड्राइभमा कैद हुन दिन्न भन्थे।

त्यसैगरी अरु थुप्रै कथा, इच्छा र आश्वाशनका ठेली नै बनेका थिए। कतिपय त धेरैजनाको फेसवालमा अझै पनि पाइन्छन कोट्याएर हेर्नुहोला। चुनाब पनि सकियो, कसैले जिते कसैले हारे। जित्नु र हार्नु त एउटा गणितिय कुरा होला तर जितेर पनि केहि पनि नगर्नु चाहिं के होला भन्ने आम प्रश्न मेरो मनमा उठेको हो। तर नतिजा के भयो ?

संसार भरिको कानुनले कुनै पनि मानव तस्करी दण्डनीय हो भन्छ। तेस्तो तस्करी गर्ने त सवाल उठ्ने कुरै भएन भन्नेहरु अझै पनि यहि सँस्थामा पदासिन छन्। अनि त्यही आरोप उनीहरुलाइ लागेको कुरा आलै छ। त्यसैगरी वास्तविक भावनाको प्रतिनिधित्व हुन्छ भन्नेहरु यहाँ लाल्टिन बालेर खोज्नु पर्ने बेला भएको छ। अघोसित बुथ बनाएर दारू-पानीमा मोज गर्दै भोजको भोट आफै हाल्ने वातावरण हुन्न भन्नेहरु पनि थए। आज ती सबै आवाज र कथाहरु कता गएका छन् ?

अखण्ड प्रगतिको लागि फिजिकल बैठक बस्छौं भन्नेहरुले त फिजिकलको अर्को अर्थ लाग्ने गरि तहल्का नै पिटे भन्ने आरोप छ। उसै पनि दुइ/तीन वटा फिजिकल बैठकको खर्च जोड्दा लाख डलर पुग्ने अवस्था नहोला भन्न सकिन्न। हाम्रो कार्यकालमा मौलाएका बिकृतिलाइ त्यही बेला आवाज उठाउनेहरुलाई संस्थाका बिरोधि पार्दिन भन्थे। तर आज संस्था बिरोधीको लश्कर बढेर दिन दुगुना र रात चौगुना हुँदैछ।

अब जित्नेवालाहरुलाई एक पटक सोधौं। मेम्बर ड्राइभ भदै लिस्ट जम्मा गर्दै गर्दा भोली मेम्बरजति फ्लास ड्राइभमा कैद गरेर बजारमा लिलाम बढाबढले निरन्तरता नपाउला कसरी भन्न सकिएला र ? होइन अझै पनि सोधौं, के के भयो त प्रगति तथ्यांक लिएर आउनुस अनि तुलना गरेर देखाउनुस। हामीलाई कारण सहित विश्वास गर्ने आधार दिनुहोस अनि बल्ल आफै स्वत स्फुर्त रुपमा सबैले खोजी खोजी सदश्य हुन्छन मेम्बर ड्राइभ गर्न नै पर्दैन। यहाँ सबैलाई अरु कुरा हैन जवाफ मात्र चाहिएको छ।

जय एनअरएनए एनसीसी अमेरिका !