एनआरएनए एनसीसी अमेरिकाले टलफ्री हेल्प डेस्क संचालान गर्ने

Hollywood Khabar January 27,2018 Comments

जनवरी २८/अमेरिका
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) अमेरिकाले अमेरिकावासी नेपालीहरूलाई सेवा दिनका लागी हेल्प डेस्कको स्थापनाका साथै टलफ्री नम्बरको सुरुवात गरेको छ।
आगामी फेब्रुअरी महिनाको १७ तारिखबाट टेक्ससको अष्टिनबाट बिधिबत सञ्चालनमा ल्याउन लागिएको सो टलफ्री सहितको हेल्प डेस्क मार्फत अमेरिकामा रहेका नेपालीहरूलाई आपत्कालीन बाहेकका सेवाहरूका लागी सम्बन्धित पक्षहरूसँग सेवाग्राहीलाई जोड्ने तथा प्रत्यक्षरुपमा सहयोग उपलब्ध गराउने लक्ष्य रहेको एनआरएनए अमेरिकाले जनाएको छ।
संस्थाकी उपाध्यक्ष तथा हेल्प डेस्क समिति संयोजक उमा कार्की थापाले दिएको जानकारी अनुसार हेल्प डेस्कले सेवाग्राहीलाई प्रत्यक्ष सेवा दिनुका साथै अमेरिकाभरि रहेका सङ्घ संस्थाहरूको सहयोग र सहकार्यमा आवश्यकतामा रहेका अमेरिकी नेपालीहरूलाई अन्य दक्ष र सक्षम नेपालीहरूसँग जोडी सहयोगको वातावरण सृजना गराइने छ।
अमेरिकाभरिबाट नै नेपालीहरूले टलफ्री नम्बरमा सम्पर्कगरी आफूलाई परेका समस्याहरूका बारेमा जानकारी गराएपछि हेल्प डेस्कले आफ्नो नेटवर्क प्रयोग गरी सहयोग गर्ने योजना रहेको एनआरएनए अमेरिकाले जनाएको छ।