NRNA NCC USA Official LOGO

NRNA अमेरिका चुनाब:पूर्व नेविसंघ सदस्यहरुलाई सपोर्ट गर्न गगन समर्थकहरुको कार्यदल

Hollywood Khabar April 29,2019 Comments

कृष्ण के सी/अमेरिका/४/३०/१९

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद (NRNA NCC) अमेरिकाको २०१९-२०२१ निर्वाचनमा नेपाल विधार्थी संघका पूर्व सदस्य, कार्यकर्ता तथा समर्थकहरुलाइ उनीहरुको क्याम्पेन गर्न सभासद गगन थापाका समर्थकहरुको एक कार्यदलले गतिबिधि सुरु गरेको छ।

विगत तीन वर्ष देखि नेटवर्किंग सुरु गरिएको गगन थापा समर्थकहरुको सो कार्यदलले यो पटक एनआरएनए एनसीसी अमेरिकाको निर्वाचनमा पूर्व नेविसंघ सदस्य, कार्यकर्ता र युवा उम्मेद्धारहरुको लागि सपोर्ट गर्ने भएको छ।

अमेरिकामा नेपाली काँग्रेस र अन्य राजनैतिक दलका समर्थकहरुले बिगारेको नेपाली समाजको छवीलाइ युवाहरुको नेतृत्व बिकास गर्दै स्वच्छ र गतिशील गराउन यो कदम चालिएको कुरा कार्यदलका प्रियरंजन दाहालले बताए। दाहालका अनुसार गगन समर्थक मात्र होइन नेपाल बिधार्थी संघ, तरुण दल र अन्य युवा जो पहिला नेपालमा नेपाली काँग्रेसका संबन्धितहरु थिए सबैलाई सपोर्ट गर्ने हो।

बिचार र शक्ति अनि क्षमताका आधारमा पूर्व युवा तथा विधार्थी नेताहरु थुप्रै रहेको अवस्थामा उनीहरुलाई सामाजिक रुपमा अगाडि बढाउनु अत्यन्तै आवश्यक रहेको कुरा दलका अर्का अभियन्ता नारायण खनालले बताए।

यो अभियानमा अन्जन चौलागाई, उज्जल खत्री, प्रदिप हुमागाइ, प्रसन्न संग्रौला, नृपेन्द्र धिताल लगायत रहेका छन्। यो संख्या दैनिक रुपमा बढ्दै गएको छ। टोलीले छिट्टै कन्फ्रेस बैठक गर्ने भएको छ। तत्काल यसको संयोजन प्रियरंजन दाहालले गरेका छन्।