आज मे १८, २०१७ का दिन संचार माध्येमहरु मार्फत सबैलाई जानकारी गराउंदै गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका (NRNA NCC USA) को निर्वाचन आयोगले आसन्न निर्वाचन संबन्धी एक जानकारी प्रदान गरेको छ।
आयोगले बिधान त बोर्डले बुझाउनु पर्ने भेरिफ़ाइड सदस्यहरुको म्याद मार्च मै गैसकेको हो। बोर्डको भेरिफिकेशन कार्यको लागि थप गरिएको म्याद अनुसारको समय पनि समाप्त भैसक्यो तर पनि कुनै आधिकारिक जानकारी प्राप्त भएको छैन।
हाल सम्म दुइ-दुइ पटक निर्वाचनको समय तालिका सारी-सकियो। भेरिफ़ाइड सदस्यहरुको लिस्ट प्राप्त नभए सम्म निर्वाचनको तालिका प्रकाशन गर्नुको कुनै अर्थ रहँदैन। अन्यथा अर्को समस्या हुन सक्छ। कथं-कदाचित उम्मेदवार दर्ता भएका व्यक्तिको सदस्यता नै भ्यालिड भएन भने त्यो अर्को समस्या हुन सक्छ। निर्वाचन आयोग निर्वाचन गराउन तयारी अवस्थामा छ र सदस्यहरुको लिस्ट प्राप्त भएपछि निर्वाचन संबन्धि सुचना प्रकाशन गरिनेछ।
संचारका साथीहरुको धेरै जिज्ञासा र प्रश्नहरु प्राप्त भए पछि संचार मध्यम माफर्फत आम नेपाली समाजको जानकारीको लागि सुचित गरिएको छ।
थप जानकारी पत्रबाट:
सिफारिस
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...