NRNA अमेरिका निर्वाचन आयोगको उम्मेदवार सुची सम्बन्धि सुचना

Hollywood Khabar July 18,2017 Comments

कृष्ण के सी/क्यालिफोर्निया
गैर आवासीय नेपाली सघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको निर्वाचन आयोगले आज एक सुचना जारि गर्दै आज प्रकासित गर्नुपर्ने उम्मेदवारहरुको नामावली लिस्ट केही प्रविधि र उम्मेदवारहरुको आफ्नै कारणले गर्दा ढिला हुन गएको कुरा जनाएको छ।
सुचनामा धेरै काम समाप्त गरिसकिएता पनि निश्पक्ष छानबिन गर्दा केही समय लाग्न गएको हो। धेरे कुरा त उम्मेदवारहरुले गरेका गल्ति र कमीहरुले गर्दा ढिला हुन गएको छ। खासगरी देखिएका कमीकमजोरीहरुमा:
१. उम्मेदवारहरुका समर्थक र प्रस्तावकहरु सदस्य नै नभएको अवस्था
२. फर्ममा उम्मेदवार, प्रस्तावक र समर्थक समेतले सहि गर्न छुटाउनु
३. इमेल र मेलबाट डकुमेन्ट समय सिमामा नपुग्नु
४. उम्मेदवारीको शुल्क नतिर्नु/प्राप्त नहुनु
५. डकुमेन्ट नोटराइज नगर्नु
६. अति आवश्यक स्पोर्टिङ्ग डकुमेन्ट पेस नगर्नु
७. कतिपय प्रस्तावक र समर्थकहरु एक भन्दा बढी उम्मेदवारहरुको प्रस्तावक-समर्थक बस्नु
यी यस्ता धेरै कारणले गर्दा छानविन गर्न समय लागेको हो। धेरै मिहिनेत गरेर काम गर्दा पनि अझै केही काम बाँकी रहेकोले उम्मेदवारहरुको लिस्ट आज जुलाई १८ सम्म पनि प्रकासित गर्न नसकिएको हो। अब सो सुचना १९ जुलाई सम्म प्रकासित गरिने छ। छानविनमा सामान्य प्रकृतिका गल्तिहरुलाई छाडेर मापदण्ड नै नपुगेका र आवश्यक कुरा नै नभएका अवस्थामा तेस्ता उम्मेदवारहरुको उम्मेदवारी अस्वीकृत गरिनेछ। यसरी जिजेक्ट गरिएका उम्मेदवारहरुको शुल्क फिर्ता गरिनेछ।आयोगले भनेको छ।