-NRNA: जापान देखि बेलायत पुगेका महेश श्रेष्ठसंग एनसीसी यूकेले गर्यो भेटघाट

NRNA: -NRNA: जापान देखि बेलायत पुगेका महेश श्रेष्ठसंग एनसीसी यूकेले गर्यो भेटघाट

Hollywood Khabar April 21,2019 Comments

अल्डरशट/बेलायात

वेलायत भ्रमणमा रहेका गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय परिषदका सदस्य महेश श्रेष्ठ बेलायतमा पुगेका छन्।

श्रेष्ठलाई गैरआवासीय नेपाली संघ युकेले सोमवार अल्डरशटस्थित संघको कार्यालयमा भेटघाट र सम्मान समेत गरेको थियो। नेपालमा लगानीका बिषयमा केही कुरा र आगामी संघको निर्वाचनमा नेतृत्वका लागि छलफलका लागि श्रेष्ठ बेलायत पुगेको बताइन्छ।

श्रेष्ठलाई गैरआवासीय नेपाली संघ युकेका अध्यक्ष योग कुमार फगामीले टोकन अफ लभ (मायाको चिनो) र खादाले सम्मान गरेका थिए । कार्यक्रममा गैरआवासीय नेपाली संघ युकेका पुर्वअध्यक्षद्धय सूर्य गुरुङ, योगेन क्षेत्री, तमुधिं युकेका उपाध्यक्ष हितकाजी गुरुङ, एनआरएन युकेका उपाध्यक्ष शेर सुनार, थर्क सेन, नेत्र आले लगायतको उपस्थिती थियो ।

जापानमा सिटी एक्स्प्रेस मनी ट्रान्स्फर तथा सिटी ट्राबलका सँचालक समेत रहेका श्रेष्ठ आफ्नो व्यवसाय विस्तारको लागि वेलायत आएका हुन् । जापानका स्थापित व्यवसायी महेश श्रेष्ठ नेपाल सरकारले वैदेशिक लगानी उच्चस्तरीय समन्वय तथा अनुगमन समितिको सदस्य समेत छन् ।

लामो समय देखी जापानमा स्थापित व्यवसायी श्रेष्ठले जापानको कइस्तुस विश्वविद्यालयबाट विद्यावारिधी (पिएचडी) गर्दैछन्। जापानमा रेष्टुराँ, मनी ट्रान्सफर व्यवसायमा संलग्न श्रेष्ठ गैरआवासीय नेपाली संघको लगानी सम्बन्धी समितिको उपसंयोजक, गैरआवासीय नेपाली संघ जापानका सल्लाहकार समेत छन्। उनले नेपालमा हाइड्रो, पर्यटन, बैंकिङ, आइटी लगायतका क्षेत्रमा समेत लगानी गरेका छन्।