NRNA: १० अरब नेपाल भित्र्याउने लण्डन बैठक रोकियो

Hollywood Khabar January 18,2018 Comments

कृष्ण के सी/अमेरिका
गैरआवासीय नेपाली संघ (NRNA) का अध्यक्ष भबन भट्ट, उपाध्यक्षहरु कुमार पन्त र कुल आचार्य, पूर्वअध्यक्ष जिबा लामिछाने लगायत व्यक्तिहरुको जमघटले यही २२, जनवरी २०१८ मा नेपालमा १० अरब भित्र्याउने भनेर आयोजना गरिएको लण्डन बैठक अन्तत रोकिएको छ।
पूर्वाध्यक्ष लामिछाने विभिन्न कारण उपस्थ्ति नहुने कारण भनिएता पनि वास्तविक कुरा भने अर्कै रहेको बुझिएको छ। आयोजक संयोजक तथा उपाध्यक्ष कुल आचार्यले संघको वर्तमान विवादित अवस्था, संघ भित्र चलेको आन्तरिक  मुटाब र बिभाजनका कारण एनआरएनहरुको उपस्थ्ति उल्लेख्य रुपमा नहुने कारण उक्त कार्यक्रम स्थगित गरेको कुरा बुझिएको छ।
सो बिषयमा थप जानकारी लिन संघका लण्डन स्थित एनआरएनहरुसँग बुझदा उनीहरुले भने, केही करोडको कुरा गरेको भए त पत्याउन पनि सकिन्थ्यो होला तर यो त कुरा १० अरब भन्ने चाहिँ पत्याउन गारोभयो। जे सुकै भएता पनि अध्यक्ष भबन भट्ट भने लण्डन जानुहुने पक्का छ।
अब त्यो कार्यक्रम कस्तो हुने हो सो बिषयमा आयोजक र अन्य व्यक्तिहरुसँग गरिएको सम्पर्क प्रयास र जवाफ सहितको समाचार छिट्टै पोस्ट गरिनेछ।