RNNA Uganda, Dashain 2018

NRNA: युगान्डामा दशै विशेष भेटघाट तथा टीका ग्रहण कार्यक्रम सम्पन्न

Hollywood Khabar October 22,2018 Comments

कार्तिक दुई गते तदनुसार १९ अक्टोबर २०१८ का दिन बिजयादशमीको अवशर पारी अफ्रिकी मुलुक युगान्डामा दशै बिशेष भेटघाट तथा टीका ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद युगान्डाद्धारा आयोजित उक्त दशै बिशेष कार्यक्रममा संघका उपाध्यक्ष बिनोद थापाको सभापतित्व रहेको थियो। कार्यक्रममा ४३ जनाको सहभागिता रहेको थियो।

नेपाली राष्ट्रिय गानबाट शुरु भएको कार्यक्रममा बर्षा आचार्य ज्युले स्वागत मन्तव्य दिदै कार्यक्रमका बिशेष आकर्षण प्रमुख अतिथि पुर्बी अफ्रीकाकै बिजनेस टाइकोन डा सुधिर रुपार्लियालाई आशन ग्रहण गराउनु भएको थियो।

कार्यक्रममा मन्तव्य दिदै आफू नेपाल र नेपालीहरुलाइ अत्यन्तै माया गर्ने ब्यक्ति भएको बताउँदै ४ पटकको नेपाल भ्रमणमा आफुलाइ त्यहाँका हिमश्रीन्खला, पशुपति दर्शन, पोखराको मनमोहक रमणीय दृश्यले विशेष आकर्षण गरेको र भबिश्यमा फेरि फेरि पनि नेपाल भ्रमणको चाहना रहेको कुरा व्यक्त गर्नु भयो। उहाँले मन्तव्य दिने क्रममा आफू नेपाली लोकगीतको फ्यान भएको र गाडिमा सवार भैरहदा नेपाली लोक गीत सुन्ने कुरा सम्म छुटाउनु भएन। हाल रुपार्लिया ग्रुपमा सत्तरिको हाराहारिमा नेपाली कार्यरत छन।

प्रमुख अतिथीको हैसियतमा संघका पुर्ब अध्यक्ष रमेश कंडेलबाट टीका ग्रहण गर्दै नेपाली संस्कृतिलाई ग्रहण गर्न पाउनु निकै भाग्यशाली ठानेको भन्दै डा रुपार्लियाले जेष्ठ नागरिक पनि भएको हैसियतमा सम्पूर्ण नेपालिलाइ टीका लगाइदिनु भएको थियो ।

यश कार्यक्रमलाई सफल पार्न संघका उपाध्यक्ष बिनोद थापा, कोशाध्यक्ष मन्जुल पाठक, युवा संयोजक तेजेन्द्र बिवश, संस्थापक सदश्य कल्पना अर्याल, महिला संयोजक तारा गिरी लगायतको विशेष योगदान रह्यो। अध्यक्ष राजमणी भन्डारी तथा महासचिव रमेश शर्मा बिशेष कारणवस युगान्डा बाहिर रहेकोले उपस्थित हुनसक्नु भएन। यद्यपि पुर्ब आइसिसि सदस्य जिभनाथ पंगेनीको उपस्थिति भने रह्यो।

कोलोलो कम्पालामा अवस्थित एइआर लन्ज गार्डन एन्ड रेस्टुरेन्टमा भएको उक्त कार्यक्रम समग्रमा अत्यन्तै भब्य र सभ्य रुपमा सफल भएको बुझिएको छ ।