-गैरआवासीय नेपाली संघद्वारा कैलालीका हावाहुरी पिडितलाई राहत

NRNA: गैरआवासीय नेपाली संघद्वारा कैलालीका हावाहुरी पिडितलाई राहत प्रदान

Hollywood Khabar June 17,2019 Comments

गैरआवासीय नेपाली संघले कैलालीका हावाहुरी पीडितलाई पाच लाख रुपैया तत्काल राहत सहयोग प्रदान गरेको छ।

धनगढी उपमहानगर पालिका मार्फत सो राहत बितरण गर्न लागिएको कुरा संघका कोषाध्यक्ष हिक्मत थापाले हलिउडखबरलाई जानकारी दिएका छन्। गत हप्ता कैलाली कंचनपुरमा आएको हुरी-आँधीबाट सबैभन्दा प्रभावित धनगढी क्षेत्रमा थियो। धनगढी उपमहानगर पालिकाको अनुरोधमा तत्काल खास पीडितहरुलाई आबश्यक सहयोग पुर्याउन उक्त रकम पठाइएको हो।

संघले थप सहयोगका लागि यस अघि आफ्ना सबै शाखाहरुलाई राहत सहयोग जुटाउन अनुरोध गरि सकेको छ। धनगढी उपमहानगर पालिकाका मेयर नृप ओडले संघलाई पीडितका लागि सहयोग पठाएकोमा आभार व्यक्त गर्दै रकम वास्तविक पीडित सम्म पुग्ने र यसको विवरण संघलाई जानकारी गराउने बताएका छन्।

Click the link below for Transfer Recepit:

https://documentcloud.adobe.com/link/track?uri=urn%3Aaaid%3Ascds%3AUS%3A6d67cc92-46e2-474b-9817-3168fc43cdb5