-गैरअवासीय नेपाली संघद्वारा ३ होल्डिङ सेन्टरहरुलाई ५ दिनको लागि पानी वितरण

गैरअवासीय नेपाली संघद्वारा ३ होल्डिङ सेन्टरहरुलाई ५ दिनको लागि पानी वितरण

Hollywood Khabar July 04,2020 Comments

गैरआवासीय नेपाली संघले काठमाडौँ जिल्लामा रहेका ३ होल्डिङ सेन्टरहरुलाई ५ दिनको लागि पानी उपलब्ध गराएको छ। उक्त होल्डिङ सेन्टरहरुलाई सेनाले व्यवस्थापन गरेको छ भने नेपाल रेडक्रस सोसाईटी काठमाडौँ जिल्ला शाखाले विभिन्न संघ संस्थासंग सहकार्य गर्दै पानीको आपूर्तिको लागि संयोजन गर्दै आएको छ।

यसै सन्दर्भमा, संघको उपाध्यक्ष सोनाम लामाज्युको पहलमा संघले शुद्ध खाने पानी होल्डिङ सेन्टरहरुमा आपूर्ति गराएको हो। नेपाल रेडक्रस सोसाईटी काठमाडौँ जिल्ला शाखाको कोषाध्यक्ष लक्ष्मीरत्न तुलाधरको उपस्थितिमा स्काई लाईन पार्टी प्यालेसमा नेपाली सेनाका प्रतिनिधिलाई उपाध्यक्ष लामाले पानी हस्तान्तरण गर्नु भयो।

सचिवालय

गैरआवासीय नेपाली संघ

५ जुलाई