-NRNA अमेरिका चुनाव:सुनिता खत्री महिला संयोजक उम्मेद्वार

NRNA अमेरिका चुनाव: ललितपुरकी सुनिता खत्री महिला संयोजक उम्मेद्वार

Hollywood Khabar April 27,2019 Comments

कृष्ण के सी/अमेरिका/४/२७/१९

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद (NRNA NCC) अमेरिकाको २०१९-२०२१ निर्वाचनमा सुनिता खत्री महिला संयोजकका लागि उम्मेद्वार भएकी छन्।

ललितपुरको झम्सिखेल र काठमाण्डौको जैसीदेवल दुवैतिरको घरमामा हुर्केनी सुनिता खत्री किर्तिपुरको ल्याब स्कुलकी बिधार्थी थिइन्।

अर्थशास्त्रमा एमए गरेकी खत्री हिमालायन ब्याङ्ककी पूर्व कर्मचारी पनि हुन्। खत्रीले १९९८ मा अमेरिका पुगेपछि भने अध्ययन तर्फ लागेर आइटीमा थप ब्याचलर पनि गरिन। उनी २००६ बाट आफ्नै ब्यबसाय गर्दै भर्निनियाँ बस्दै आएकी छन्।

उसो त खत्री अन्तराष्ट्रिय साहित्य समाज, डिसी मेट्रो नेपाली समाज लगायत संघ-संस्थामा संलग्न भएको बताउँछिन। २०१५ देखि एनआरएनए एनसीसी अमेरिकाको सदस्य बनेकी खत्री एनआरएनए एनसीसी अमेरिकाको महिला संयोजकको उम्मेदवार भएकी छन्।

आफूले जितेपछि तीन काम गर्ने कुरा खत्रीले हलिउडखबरलाइ बताइन। पहिलो महिलाहरुको शैक्षिक, स्तर उन्नतिको लागि कार्यक्रमहरु गर्ने। दोश्रो महिलाहरुको मेन्टल हेल्थ संबन्धि र तेश्रो नेपालमा हुने गरका महिला हिंसामा अध्यावधिक कानुन अनुरुप कारबाहीको लागि पहल/डेलिगेट गर्ने। त्यसैले आफूलाई भोट दिएर मलाई जिताउनुहोस, तपाईंहरुको मतलाई अवमुल्यन हुन दिने छैन सुनिताले भनिन।