NRNA NCC USA President Elect Mr Suneel Kumar Saah

NRNA:एनसीसी अमेरिका निर्वाचन सम्पन्न, अध्यक्षमा सुनिल साह नतिजा मिश्रित

Hollywood Khabar May 19,2019 Comments

कृष्ण के सी/अमेरिका/५/१९/१९

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको निर्वाचन मे १८-१९, २०१९ सम्म भएको निर्वाचन सम्पन्न भएको छ।

एनआरएनए एनसीसी अमेरिकाको राष्ट्रिय निर्वाचन आयोगले आज मे २० बिहान १२ बजे हलिउडखबरलाइ दिएको मतको परिणाम अनुसार अध्यक्षमा सुनिल साह ३७११ मत प्रप्त गरि निर्वाचित भएका छन्। त्यसैगरी अध्यक्षका उपविजेता सुर्य लम्सालले १७९७ मत प्राप्त गरेका छन् भने तृतीय स्थानमा अर्का उम्मेद्वार संजय थापाले १५५४ मत प्राप्त गरेका छन्। अध्यक्षमा १२९ नो भोट भएको छ। ९१७२ मतमा ७१९१ मत खसेको छ। बाँकी पदहरुमा मिश्रित परिणाम आएको छ। 

मत परिणाम हेर्न तलको लिंक क्लिक गर्नुहोस :

https://nrnusa.org/media/28922/election-2019-final-results.pdf