-गैरआवासीय नेपाली संघको विशेष महाधिवेशन प्रतिनिधिहरुको फाराम सहित

गैरआवासीय नेपाली संघको विशेष महाधिवेशन प्रतिनिधिहरुको फाराम सहित

Hollywood Khabar December 24,2020 Comments

आदरणीय राष्ट्रिय समन्वय परिषदका अध्यक्ष र महासचिवज्यूहरु,

सन् २०२१ जनवरी २३-२४ तारिखमा हुने गैरआवासीय नेपाली संघको विशेष महाधिवेशनमा भाग लिने प्रतिनिधिहरुलाई यस फाराम भरी आफ्नो विवरण पठाउनु पर्ने जानकारी गराउदछु https://forms.gle/uS29Cf2N77sfPREY6 । यो फाराम सम्बन्धित प्रतिनिधीहरुलाई पठाउनु हुन अनुरोध छ ।

मिति २०२१ डिसेम्बर २३ मा जारी गरिएको संघको सूचनामा उल्लेख भए झैं २०१९ का ९ औँ अन्तर्राष्ट्रिय महाधिवेशनमा भाग लिएका प्रतिनिधिहरुले सन् २०२१ जनबरी १ तारिख (स्थानीय समय २३:५९ बजे) सम्म फाराम भरि सकेको हुनु पर्नेछ । जनबरी १ तारिख सम्म दर्ता हुने प्रतिनिधिहरुको संख्या संघको विधानको अनुसूची ६ मा तोकिएको संख्या भन्दा कम भएमा सो संख्याको हद सम्म सम्बन्धित राष्ट्रिय समन्वय परिषद्ले थप प्रतिनिधि पठाउन पाउने वा नपाउने पछि सूचित गरिनेछ ।

२०१९ का ९ औँ अन्तर्राष्ट्रिय महाधिवेशनमा भाग लिएका प्रतिनिधिहरुको नामावाली सचिवालयबाट प्राप्त गर्न सकिने छ । यसको लागि support@nrna.org मा इमेल पठाइ अनुरोध गर्न सक्नु हुनेछ ।

महाधिवेशनमा प्रस्तुत हुने दस्तावेज सार्वजनिक गरिएको छ । यी दस्तावेजको लिङ्क पञ्जीकृत सदस्यहरुसँग पुराउनु हुन समेत पुन अनुरोध गर्दछु, https://bit.ly/2WJGGek

महाधिवेशन सम्बन्धी थप जानाकारी दिनु परेका ड्रपईन सेसनमा भाग लिनु होला। दुईबाट ड्रपईन सेसन सम्पन्न भइसकेका छन।तेश्रो सेसन डिसेम्बर २७, ३ बजे बिहान, नेपाल समय (युरोप र अमेरिकामा डिसेम्बर २६) मा आयोजना हुदैछ।

जुम लिङ्क यस प्रकार छhttps://us02web.zoom.us/j/88425274312, Meeting ID: 884 2527 4312 Passcode: 2020

डा हेम राज शर्मा

महासचिव

डिसेम्बर २५, २०२०