-गैरआवासीय नेपाली संघको विशेष महाधिवेशन प्रतिनिधि नपुगेको भन्दै महासचिवद्वारा म्याद थप

गैरआवासीय नेपाली संघको विशेष महाधिवेशन प्रतिनिधि नपुगेको भन्दै महासचिवद्वारा म्याद थप

Hollywood Khabar January 05,2021 Comments

विशेष अन्तर्राष्ट्रिय महाधिवेशनको सूचना-४

सन् २०२१ जनवरी २३ र २४ मा हुने संघको विशेष महाधिवेशनका भाग लिन सन् २०१९ का ९ औँ अन्तर्राष्ट्रिय महाधिवेशनमा भाग लिएका प्रतिनिधिहरुलाई मिति सन् २०२१ जनबरी ५ सम्म आफ्नो नाम दर्ता गराउन अनुरोध गरिएको थियो।

उक्त मिति सम्म प्राप्त प्रतिनिधिहरुको संख्या विधानको अनुसूची ६ मा तोकिएको संख्या भन्दा कम प्राप्त हुन गएकोले सो संख्याको हद सम्म थप प्रतिनिधिहरु सन् २०२१ जनवरी १० तारिख सम्म पठाउन सम्बन्धित राष्ट्रिय समन्वय परिषदलाई अनुरोध गरिन्छ।

राष्ट्रिय महाधिवेशन सम्बन्धी नियमावली (जनवरी २०२० मा बसेको अन्तर्राष्ट्रिय समन्वय परिषद् बैंठकबाट संशोधित)को दफा ७.२ मा उल्लेख भए बमोजिम निम्न प्राथमिकताको आधारमा प्रतिनिधिहरु छनोट गर्नु पर्नेछ ।

क) अन्तर्राष्ट्रिय समन्वय परिषदका बहालबाला संरक्षक, सल्लाहकार, तथा मानार्थ परिषद सदस्यहरु ।

ख) अन्तर्राष्ट्रिय समन्वय परिषदका पूर्व पदाधिकारी, सदस्य, संरक्षक, सल्लाहकार, र मानार्थ परिषद सदस्यहरु ।

ग) राष्ट्रिय समन्वय परिषदका बहालबाला पदाधिकारी तथा सदस्यहरु ।

घ) अन्तर्राष्ट्रिय समन्वय परिषदका विभिन्न समिति, उपसमिति तथा कार्यदलका बहालबाला संयोजक र उपसंयोजकहरु ।

ङ) राष्ट्रिय समन्वय परिषद्का निवर्तमान पदाधिकारी तथा सदस्यहरु ।

च) राष्ट्रिय समन्वय परिषद्का पूर्व पदाधिकारी तथा सदस्यहरु ।

छ) लामो समय सम्म पञ्जिकृत सदस्य भएका ।

राष्ट्रिय समन्वय परिषदहरुले सचिवालयबाट प्राप्त फाराम (https://forms.gle/beKdQeEkoe9KYVfP6) भरी प्रतिनिधिहरुको विवरण पठाउनु पर्नेछ।

९ औँ अन्तर्राष्ट्रिय महाधिवेशनमा भाग लिएका र नयाँ प्रतिनिधीहरुको एकमुष्ट नामावली सन् २०२१ जनवरी १४ तारिखमा प्रकाशन गरिने छ। प्रतिनिधिको नामावली उपर उजुर गर्नका लागि सन् २०२१ जनवरी १५ सम्म दिईनेछ।

डा हेम राज शर्मा

महासचिव, गैरआवासीय नेपाली संघ

६ जनवरी २०२१