-NRNA:सहकोषाध्यक्ष सोम सापकोटा अब कोषाध्यक्षका उम्मेद्वार हुने

NRNA:सहकोषाध्यक्ष सोम सापकोटा अब कोषाध्यक्षका उम्मेद्वार हुने

Hollywood Khabar September 07,2019 Comments

कृष्ण के सी/अमेरिका/९/८/१९

गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय परिषद (एनआरएनए आइसीसी) को आगामी २०१९-२०२१ कार्यकालमा वर्तमान सहकोषाध्यक्ष सोम सापकोटा कोषाध्यक्षका लागि उम्मेद्वार हुने भएका छन्।

बर्तमान आइसीसी सहकोषाध्यक्ष सापकोटाले आर्थिक रुपमा संस्थालाइ बलियो बनाउने योजनासहित आगामी कार्यकालका लागि कोषाध्यक्षमा उम्मेद्वारी दिने जानकारी हलिउडखबरलाइ दिएका छन्। संस्थाका लागि आर्थिक पाटो महत्त्वपूर्ण छ तर तत्काल रिजल्ट आएको छैन। धेरै प्रोजेक्टमा कमिटमेन्ट भएको छ तर उठेको छैन। मेगा प्रोजेक्टको अवस्था उस्तै छ। योजनाहरु आर्थिकरुपले माइनसमा छन् तर पनि यसको ब्यबस्थापन गर्न सकिन्छ, त्यसको सुरुवात म गर्छु।

चितवनका सापकोटा यूरोप को २५ वर्षको बसाइ अनि एनआरएनएको स्थपनाकाल देखि नै सक्रिय भएको दावी गर्छन। सन् १९९६ मा स्वीजरल्याण्डबाट प्रवासी जीवन सुरु गरेका सापकोटा २००६ मा गैरआबासीय नेपाली संघ एनसीसी पोर्तुगलको कार्यसमिती सदस्य २००९-११, डेनमार्कका संस्थापक अध्यक्ष, २०११-१३ गैरआवासीय नेपाली संघ आइसीसी सदस्य साथै २०१३-१५ यूरोप क्षेत्रको क्षेत्रीय सहसंयोजक, २०१५-१७ पुन आइसीसी सदस्यमा रहेर काम गरेका छन्।

सस्थामा सबैखाले एनआरएन र संसारका सबै रिजनबाट केन्द्रिय समितिमा प्रतिनिधित्व हुनु पर्ने साथै संघको सुरुवात बैदेसिक रोजगारबाट सुरु हुने हुनाले एनआरएनएको भूमिका बैदेशिक रोजगारमा केन्द्रित हुनु पर्ने बताउँछन्। बर्तमान कार्य समितिमा रहदा उनले नेपाल टुरिजम प्रमोसन कमिटीको संयोजक साथै बैदेसिक रोजगार कल्याण कारी कोषको संयोजकमा रही काम गरेका छन्।