NRNA को बिज्ञ सम्मेलनमा अनाडीको लुर्कन अनि रुन्चेपत्र

Hollywood Khabar June 10,2018 Comments

कृष्ण के सी/अमेरिका
धन्य भगवान यो सामाजिक संजालको दुनियाँ बेलैमा बनेछ नत्र त हाम्रो नेपाली समाज त कानो नै हुने रहेछ। यसको फाइदा नेपालीहरुले जति दुनियाँमा सायद अरु कसैले उठाएका होलान। कसैको पिडा भयो कारुणिक स्टाटस, बियोगमा पिडाञ्जली, जन्ती र भात खिलाइ अनि बर्थडेमा लाइभ, कुनै अपवित्र दौरे नेतालाइ पवित्र खादाको स्वागतको पोस्टिङ्ग, चिया र भट्टी पसलमा लाल-लाल आंखाको फोटो राख्दै बिशेष राजनैतिक भेटघाट भन्दै इन्स्टा र अपडेटमा हुन्छन। फेरि पनि फोन गरि-गरि लाइक र कमेन्ट माग्छन। चुनाबमा भोट माग्ने देखि छोरी माग्न सम्म प्रोफाइल लिंकबाट रिफरल अफर हुन्छ आजकल। यति माग्त्र होइन मुर्दा जलाएको अवस्थामा पनि सेल्फी र लाइभ भएको देख्दा उदेक होइन आफ्नै टाउकोमा पट्याङ्ग हान्न मन लाग्छ।

तेही नेपाली समाजका तिनै लेण्डुपहरुको नेतृत्वका लागि मरिमेटेर लाग्नु पर्ने समाजसेवाका हामी नमुनाहरु। हार्डड्राइभका बिजेता र इमान्दारिताका उपविजेता मात्र होइन राजनैतिक गुटका भात्री बधशालामा चुप्पी हान्दै चल्ने हामीहरु। तेत्ति मात्र होइन तिनैका रुन्चे भत्तेर र जन्तिबाख्रो खाइदिनु पर्ने बिचरा र विवस हामी जन्ती र लोकंती पनि कम्तीका दोषी भने छैनौं।

अब अलिक प्रसङ्ग बदलौं। आजकल गैरआवासीय नेपाली संघको मर्म, संस्था र हामी नेपाल बाहिरका नेपालीको कुरालाई अध्ययन र बुझाइ भएकाहरु भने चुप बसेका छन्। आधा इन्द्रजाल पढ्नेहरु पागल हुन्छन भने झैं हाम्रा सामु धेरैजना आधा इन्द्रजाल पढ्ने बिज्ञहरु छन्। उनीहरुलाई गैरआवासीय नेपाली संघको त कुरै छाडौं कुनै पनि संस्था कसरी चलाउने भन्ने सामान्य ज्ञान पनि छैन। ज्ञानको त के कुरा भयो र विचारमा कति गरिवी छ भन्ने कुरा त गरिसाध्य नै छैन। कठै बिचरा उनीहरुको स्वर र मच्चाई हेर्दा मुग्लिन तिर बसको झ्यालमा आएर मकै, पानी, गम भन्दै कराउनेहरुको झझल्को आउछ।

तिनै मध्येकाहरुको एउटा जमघटलाइ बिज्ञ सम्मेलन भनिन लागिएको भनिन्छ। आफू त बिज्ञ, ज्ञान-बिज्ञान जान्ने वर्गमै परिएन। बिज्ञ कति छन् र को को आउँछन त्यो त झन हामीलाई कसरी थाहा हुनु र ? ताइ-ताइ फिस जस्तै छ। तर पनि यो अनविज्ञलाइ सम्मेलनको लागि दैनिक जसो छड्के किनाराको दस्तखत सहित आउने रुन्चेपत्रले पनि दिक्कै पारेको छ। म जस्तै थुप्रै अनबिज्ञ व्यक्तिले हार्डड्राइभबाट आउने ति इमेल नै अनसब्स्क्राइब गरेका छन्।

बिज्ञ सम्मेलनका जन्ती-लोकन्तीहरु संस्था र संघको मर्म अनि बिधि-बिधान नै धेरै बुझ्ने अत्याधुनिकहरुलाई अनाडी त कसरी भनौ र तर पनि उनीहरुको चुरी-फुरि भने हेर्न लायक कै छ। बादलाको बिचमा हराएको कागलाई ड्याम्म चट्याङ्गले हानेर भुत्ला पनि जमिनमा नपुग्ने गरि बिजुली लाग्न के बेर। कठै बिचरा !