-NRNA:एनसीसी अमेरिकाका प्रत्यासीहरुको बहस, अभूतपूर्व सफल, एउटा बेग्लै अनुभ

NRNA:एनसीसी अमेरिकाका प्रत्यासीहरुको बहस, अभूतपूर्व सफल, एउटा बेग्लै अनुभ

Hollywood Khabar April 21,2019 Comments

कृष्ण के सी/अमेरिका

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको २०१९ निर्वाचनका उम्मेदवारहरुको प्रस्तुति तथा अध्यक्षका उम्मेदवारहरुसँग डिबेट कार्यक्रम अप्रिल २०, २०१९ शनिबार अभूतपूर्व रुपमा सम्पन्न भयो।

हलिउडखबर डटकमद्धारा आयोजित तथा नेपाल अमेरिका पत्रकार संघ-नेजा, संचारकर्मी, पत्रकारहरु र मिडिया संचालकहरुको सपोर्ट र सहयोगमा भएको उक्त कार्यक्रममा अध्यक्षक तिनै जना प्रत्यासीहरु सुनिल साह, संजय थापा, सुर्य लम्साल र अन्य पदका उम्मेद्वारहरुको उपस्थिति थियो।

आयोजकको हैसियतले भन्नुपर्दा थुप्रै आरोह अबरोह पार गर्दै २०१५ देखिको आफ्नो यो कार्यक्रमको आयोजना गर्ने अभिलासा पनि पुरा भएको छ। कार्यक्रम सफल बनाउन सहयोग गर्ने उम्मेदवारहरु, पत्रकार, संचाकर्मी, मिडिया संचालक, समुदाय, संघ-संस्था र उपस्थित, फोन, सोसल मिडिया र अन्य रुपमा शुभकामना दिनुहुने सबै, नेपाल अमेरिका पत्रकार संघ-नेजा, नेजाकी केन्द्रिया सदस्य तथा कार्यक्रमकी सभापति प्रतिमा बाँस्कोटा र अनलाइन भ्यूवर सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु।

अबश्य पनि कार्यक्रममा घटी-कमि भयो, एकल रुपमा गरेको ब्यबस्थापन, धेरैजना उम्मेद्वारहरुको समय, उठाउनै पर्ने बिषयहरु, सोध्ने पर्ने प्रश्न र सँस्थालाइ सुदृढ गर्न घच-घच्याउन पर्ने कारण सबैले गर्दा कार्यक्रम अलिकति लामो हुन गयो। तर पनि उपस्थित जन-समुदाय र आकांक्षीहरु सबैले अन्तिम समय सम्म दिनुभएको धैर्यताप्रति नमन गर्दछु।

२ दर्जन प्रश्नहरु अध्यक्षका प्रत्यासीहरुलाई बर्शाइयो, उहाँहरुले राम्रो जवाफ दिनुभयो, एक-दुइ नीतिगत प्रश्नहरुले उहाँहरुलाई थप सोच्न बाध्य बनाएको छ। बहस आयोजना गर्ने आयोजकहरुलाई राम्रो शिक्षा भयो त्यो कुरा केहि दिग्गज पत्रकार र उपस्थितहारले बताए। उम्मेद्वारहरुले आफूलाई अत्यन्तै राम्रो लागेको बताउनुभयो। ४ मिनेट समय पुग्दैन भनेर अनुरोध गर्नेहरुले ३ मिनेटमा नै आफ्ना कुरा समाप्त गर्नुभयो। धेरै कुरा आम समुदायलाई थाहा थिएन त्यो बाहिर आयो। भोलिका दिनमा आम समुदायले संघका नेतृत्वलाई सोध्ने प्रश्न यस्तो पो रहेछ भन्ने हेक्का गरे भन्ने फिडब्याक आयो।

बिचमा गोपाल यॊञ्जनको गीत लाइभ गाएर विकल्प समूहले थप आकर्षण बढायो। ३१ दिन देखि अत्यन्तै क्रिटिकल अवस्थामा अस्पताल भर्ना रहनुभएका सर्जक मदन दिपविमको सिघ्र स्वास्थ्य लाभ कामना गरियो। मदन दिपविमले संगीत गर्नुभएको पछिल्लो मेरो आफ्नै २०१३ को शब्द/रचना “न म नेपाली नै रहें न म बिदेशी नै भए चन्द्र सुर्य झण्डा बीच म कता हराएँ” गीतको जसलाई निर्मल फुँयालले गाउँदै हुनुहुन्छ त्यसको छोटो अंश मदन दिपविमको सम्मान स्वरुप प्रस्तुत गरियो।

अन्तमा, सहयोग, साथ् र समर्थन गर्नुहुने सबैलाई शुभकामना र आउने दिनमा घटिकमि सुधार्दै अझ राम्रो क्रार्यक्रम गर्ने प्रण सहित धन्यवाद।नमन ! 

Click facebook link for photo:

https://www.facebook.com/175475116122460/photos/tab=album&album_id=839357409734224