NRNA VP, Kumar Pant

NRNA बिज्ञ सम्मेलनका कार्यपत्र के गरिन्छ त ? कार्यविधि सहित : उपाध्यक्ष पन्त

Hollywood Khabar October 02,2018 Comments

कृष्ण के सी/अमेरिका
म यो २०१८ को कार्यक्रममा नेपाल आउन सक्दिन। तर एउटा प्रश्न छ, त्यो बिज्ञ सम्मेलनका कार्यपत्रहरु के गरिन्छन ? केवल गरियो भनेर रिपोर्ट दिने हो कि अरु पनि केहि हुनेवाला छ ? अन्यथा तेती धेरै ब्यक्तिहरु यसरी बोलाएर खर्च गराएर, समय र दिमागको बर्बार्द किन गर्नु ? वे-बिनार गरेको भए पनि हुने।- यो मेरो धारणा थियो।

खै किन हो कुनी आफैलाई थाहा छैन तर गैरआवासीय नेपाली संघप्रति एक किसिमको क्रेजी माया छ। कसैले जानेर या नजानेर पनि अलि घटी कमि गरे भने तुरुन्तै लेख्न मन लाग्छ। कहिले काहिँ त झटारोको दनक नै लाग्यो भनेर फोन पनि आउंछ। यसमा मेरो स्वार्थ भनेको जम्मा जम्मी एउटा छ। यो संघ नेपालको जनसंख्याको नेपाल बाहिर बस्ने एक तिहाइ नेपालीहरुको सरकार हो। देशको एक तिहाइ जनताको प्रतिनिधि मुलक संस्था र यसको नेतृत्व दिने व्यक्ति धेरै जिम्मेवार हुनुपर्छ भन्ने कुरा नै मेरो स्वार्थ हो। मेरो यो कुरामा जो कोही पनि असहमत हुन सक्नुहुन्छ तर म आफै चाहिँ सक्दिन।

यसै सिलसिलामा गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्त लण्डनबाट होमटाउन फ्राङ्क्फ़र्ट फर्कंदै गर्दा उहाँसंग मेसेन्जरमा च्याप्ट भयो। उपाध्यक्ष पन्तको फ्लाइट ढिला भएछ। मेसेन्जरमा कल गर्नुभयो। गैरआवासीय नेपाली संघले यहि १२ र १३ अक्टोवरमा दुई दिने विज्ञ सम्मेलन र विधानसभाको आयोजना गर्दैछ। यस अघि केहि दिन पहिला पनि उपाध्यक्ष पन्तसँग सो सम्मेलनमा प्रस्तुत गरिने कार्यपत्रबारे थोरै कुरा भएको थियो। आज पनि तेही बिषय उठाउनु भयो। मैले उहाँलाइ उल्टै प्रश्न राख्न पुगे:

  • सबैभन्दा पहिला त यो कार्यकालमा संघका दर्जनौ इस्यू आएका छन्। त्यो बिषयमा तपाइ जानकारी हुनुहुन्छ कि हुनुहुन्न ?
  • यो बिज्ञ सम्मेलनका कार्यपत्रहरु कसरी प्रस्ततु गरिन्छ ?
  • तेती धेरै दिल, दिमाग र मूल्य भएका नेपाली बिज्ञहरुको दिमागको उपजबाट आएका संभावनाहरु के गरिन्छन ?
  • कि ति सबैलाई डा महावीर पुनलाइ जस्तै वा भाइ वा भन्दै प्रशंसा गर्ने, हाम्रो गौरव महाबिर भन्ने, ताली पनि बजाउने अनि रम्ता जोगी बनाइदिने हो ?
  • अथवा हाम्रो पालामा सम्मेलन गरियो भनेर प्रोजेक्ट गणनामा अर्को संख्या जोड्ने मात्र त होइन ?
  • आज सम्म यो नेतृत्व मध्ये कसैले पनि यो बिषयमा किन चिन्ता गर्दैनन ? जवाफ आएको छ ते केवल तयारी र कार्यक्रम हुने भन्ने मात्र।
  • म बच्चा हुँदा देखि कति धेरै कार्यपत्र पेश भएको सुन्दै आएको छु। ति सबै कार्यपत्रहरु के भए ? अनि यो पटक तपाइहरुबाट के आशा गर्ने ?
  • नेपाली चलनमा कार्यपत्र प्रस्तुत र ज्ञापनपत्र दिने चलनले केही लछारपाटो लगाएको छैन। अनि यो पटक ? यस्तै थुप्रै-थुप्रै प्रश्नहरु बर्साइयो उपाध्यक्ष पन्तलाइ ।

उपाध्यक्ष पन्त प्रश्नको बर्षातले गंभिर हुनुभयो। अनि उहाँ र म बीच अलिकति छलफल पनि भयो। जवाफमा जे तयार भयो तेही स्टेपहरु यहाँ प्रस्तुत गरिएको छ। अब यस्तो होला नहोला त्यो भने उपाध्यक्ष पन्त र अरुले जानुन।

१. पहिलो स्टेप सम्मेलन गरिन्छ। सम्मेलनमा विभिन्न कार्यपत्रहरु प्रस्तुत हुनेछन। छलफल पनि हुनेछन् र सुझाव अनुसार बिज्ञहरुले तेसमा मोडिफाई गर्नुहुने छ। अन्तिम प्रति हामीलाइ बुझाउनु हुनेछ।
२. बिज्ञहरुसंग कार्यपत्रका कपिराइट, प्रयोग र मुनाफा लगायतका बिषयमा संघ र उहाँहरुबीच संझौता गरिनेछ।
३. प्राप्त मात्र भएका र प्रस्तुत समेत भएका सबै कार्यपत्रहरुका डिजिटल र प्रिन्ट कपि रेकर्डमा राखिने छ।
४. वेबसाइटमा एउटा छुट्टै मेन्यू हुनेछ। त्यसमा बिज्ञहरुको फोटो सहितको प्रोफाइ र कार्यपत्रको छोटो जानाकारी सहित वेबसाइटमा राखिने छ। ति सबै डकुमेन्ट कपीराइटका हुनेछन।
५. कोहि लगानी कर्ता या इच्छितले एउटा पेपरमा या डिजिटल सहि गरेर त्यो डकुमेन्ट हेर्न सक्नेछ।
६. इच्छितहरुले प्रोजेक्ट लिन सक्नेछन। तेस्तो प्रोजेक्टको लागि संघ, बिज्ञ र लगानीकर्ता बीच त्रिपक्षीय संझौता गरिने छ।
७. बिज्ञहरुले कार्यपत्रबापत रोयल्टी या लगानीमा प्रतिशतको भाग मध्ये के पाउने भन्ने कुरा पनि सोहि संझौतामा उल्लेख गरिनेछ।
८. तेस्त प्रोजेक्टहरुको छलफल र मोडिफाई हरेक क्षेत्र र एनसीसीहरुमा गराइने छ।
९. यसरी नै बढ्दै गएका नयाँ र पुराना सबै कार्यपत्रहरुको कार्यन्वयन गरिनेछ।
१०. ति सबैलाइ कार्यन्वयन गर्न एउटा टास्कफोर्स हुनेछ।
११. हरेक कार्यपत्रको अनुगमन र मूल्यांकन तीन/तीन महिनामा हुनेछ।
१२. आवश्यक कुरा परिमार्जन गर्दै गइने छ।