-एनआरएनए अमेरिकाज क्षेत्रीय बैठक:युवा तथा दोश्रो पुस्ताको फोरमबारे

एनआरएनए अमेरिकाज क्षेत्रीय बैठक:युवा तथा दोश्रो पुस्ताको फोरमबारे

Hollywood Khabar September 01,2020 Comments

गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाज क्षेत्रको क्षेत्रीय बैठक सेप्टेम्बर ४, ५ र ६, २०२० मा हुने भएको छ। क्षेत्रीय संयोजक राजन त्रिपाठीको संयोजनमा हुने बैठकको आयोजक गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) क्यानाडा रहेको छ।

सो बैठकका विभिन्न फोरमहरु मध्य दोश्रो दिन युवा तथा दोश्रो पुस्ताको लागि Youth Voice नामको फोरम रहेको छ। कार्यक्रम सेप्टेम्बर ५ का दिन बेलुकी ७:३० बजे देखि ९:३० बजे (Eeastern Standard Time-EST) सम्म (नेपालको समय सेप्टेम्बर ६, २०२० बिहान ५:१५ देखि ७:१५ सम्म) आयोजना हुँदैछ।

बिभिन्न देशमा रहेका नेपाली युवाहरु को आवाज समेटेर सन्चालन गर्न लागिएको सो भर्चुअल कार्यक्रममा उपस्थित भइदिनु हुनका लागि हार्दिक निमन्त्रणा गर्दछौँ। उपस्थित हुनको लागि जुम लिकं पछि सार्वजनिक गरिनेछ।

बिमला सापकोटा

कार्यक्रम संयोजक तथा क्षेत्रीय युवा संयोजक

गैरआवासीय नेपाली संघ, अमेरिकाज

सेप्टेम्बर २, २०२०