-Mr Kumar Pant, NRNA VP and President Candidate 2019

NRNA:सम्पूर्ण एनआरएन पंजीकृत सदस्य, सबै पंजीकृत सदस्य संघका मतदाता-उपाध्यक्ष पन्त

Hollywood Khabar September 14,2019 Comments

कृष्ण के सी/अमेरिका/९/१४/१९

गैरआवासीय नेपाली संघको २०१९-२०२१ कार्यकालका लागि अध्यक्षका आकांक्षी बनेका वर्तमान उपाध्यक्ष कुमार पन्तले एक पछि अर्को नीति तय गर्दै उल्लेख गर्दै गएका छन्।

आफ्नो औपचारिक उम्मेद्वारी घोषणाको तयारी गर्दै गर्दा उठेका बिषय र नीतिबारे प्रष्ट पनि हुँदै गएका छन् पन्त। थुप्रै कुरा छन् जो संघको संरचनामा परिवर्तन ल्याउनु पर्छ। यसबारे पहिला पनि उनले संघको संरचनामा परिवर्तन ल्याउने कुरा गरेका थिए।

यस अघि नेपालको संबिधान, नेपाल सरकार र संघको बिधानले ब्याख्या गरे अनुसारका सबै गैरआवासीय नेपालीहरुलाई आफ़्नो कार्यकालमा निशुल्क सदस्यता दिने घोषणा गरे। यतिमात्र होइन त्यसको ब्यबस्थापन कसरी गर्ने कार्यविधि पनि बताएका छन्। सो बिषयमा गरिएको बिस्तृत कुराकानी हलिउडखबरमा पोष्ट गरिएको छ।

अब उनको अर्को योजना भनेको आफ्नो कार्यकालमा सम्पूर्ण एनआरएनहरु पंजीकृत सदस्य बन्ने र सबै पंजीकृत सदस्यहरुलाइ केन्द्रिय नेतृत्व छनोटमा मताधिकार दिने ब्यबस्था गर्ने भन्ने रहेको छ।

किन र कसरी त?

हलिउडखबरसंगको कुराकानीमा उपाध्यक्ष तथा अध्यक्षका आकांक्षी पन्तले भने-जसरी सदस्यता संबन्धि समस्या आएको छ त्यसलाइ निशुल्क दिने कुरा गरेको छु। त्यसैगरी, यो मताधिकार पनि थुप्रै बिषयसँग जोडिएको छ। यो बिषयसंग धेरै कुरा राम्रा र केहि विवादित कुरा पनि जोडिएका छन्। ति सबैको समाधान नै यसरी हुन्छ भन्ने मेरो निर्क्योल हो।

पहिलो कुरा, हालको डेलिगेट्सको ब्यबस्था स्थापनाको सुरुका दिनमा कम एनआरएनहरु भएको अवस्थामा गरिएको सिष्टम हो। त्यो बेला केहि दर्जन हजारमा मात्र एनआरएनहरु थिए। ऐले त्यो संख्या थुप्रै दर्जन लाख भएको छ। करिव करोड पुग्ने अवस्थामा छ।

गैरआवासीय नेपालीबारेको व्याख्या र बिधान भन्दा बाहिर गएर भन्ने हो भने सार्क कन्ट्रीका नेपालीहरुको संख्या पनि जोडिनुपर्छ। सो संख्या जोड्दा नेपालको एक तिहाइ जनसंख्या नेपाल बाहिर पुगिसक्यो। उनीहरु सबैलाइ हाम्रो गैरआवासीय नेपाली संघको व्याख्या र बिधानले नअटाएता पनि उनीहरुको प्रतिनिधित्व गर्नुपर्ने बाध्यात्मक अवस्था भने आएको छ।

यति ठूलो संस्था र एक तिहाइको नेपाल नै बोकेको सँस्थाको सदस्य हुनु भनेको गौरवको कुरा हो। त्यसको पनि नेतृव लिनु र दिनु झनै ठूलो कुरा हो। संस्था बुझ्नु र सोहि अनुसार दृष्टिकोण बनाउनु महत्वपूर्ण कुरा हो। यसैले म आजकल संघका सबै क्षेत्रमा रहेका व्यक्तिहरु र बिशेषज्ञहरुसँग राय सल्लाह लिंदैछु। अनि त्यो ठूलो नेपालीहरुको संसारलाइ काम गर्नु हामी सबैको कर्तब्य पनि हो। त्यसैले अब डेलिगेट्स छनोट होइन मताधिकारको कुरा गर्दैछु।

यो डेलिगेट्स छनोटमा भएको अप्ठेरो कुरा अनि देखिएका विवादलाइ चिर्दै प्रजातान्त्रिक अधिकार प्रदान गर्नुपर्छ भन्ने मेरो योजना हो। अनि मात्र गैरआवासीय नेपाली संघमा पूर्वजले भनेझैं सबैको हात एकै साथ हुन्छ।

डेलिगेट्सको ब्यबस्था पनि सजिलो बनाउने तरिका बनाएको छु। यो बिषय संघको अन्तराष्ट्रिय सम्मेलन र अधिवेशनसंग जोडिएर आउंछ। निर्वाचन संयन्त्र र डेलिगेट्सको ब्यबस्था थप गर्नुपर्ने पाटो हो। तर डेलिगेट्सको मात्र कुरा गर्दा भने सबै पंजीकृत सदस्यहरुको लागि खुल्ला गरिनेछ। इच्छित सबै पंजीकृत सदस्यहरुले तोकिएको शुल्क तिरेर, तोकिएको म्यादमा डेलिगेट्सको फर्म आफै भर्नेछन। अनि संघको निर्वाचन या अधिवेशन-सम्मेलन संयन्त्रले केवल त्यसलाई पंजीकृत सदस्य हो या होइन, शुल्क तिरेको छ या छैन भन्ने मात्र छुट्याउने हो।

अनि निर्वाचनमा सम्पूर्ण पंजीकृत सदस्यले मत दिने भएपछि डेलिगेट्सको काम सँस्थाको नीति, नियम र बिधि-बिधानको कुरा गर्ने मात्र हुन आउँछ। यसबाट संस्था बलियो र शशक्त हुँदै जान्छ भन्ने मेरो योजना छ। यसको नीतिगत कुरा पास गरेर विनियम र कार्ययोजना सहित कार्यान्वयन पनि आफ्नै कार्यकालमा नै गरिनेछ, पन्तले भने।