-अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक (आरसी) गौरी जोशी

NRNA अमेरिकाको डेलिगेट्सको छानविन हुँदै, नयाँ लिष्ट नआएसम्म शुल्क नतिर्न आरसी जोशीको अनुरोध

Hollywood Khabar September 26,2019 Comments

कृष्ण के सी/अमेरिका/९/२७/१९

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाले संघको बिश्व सम्मेलन तथा अन्तराष्ट्रिय महाधिवेशनका लागि गरेको डेलिगेट्स छनोटप्रति ब्यापक असन्तुष्टि बढेको छ। यति मात्र होइन बिधान र नीति-बिधि नै तोडिएको छ।

सोहि असन्तुष्टलाइ लिएर संघको अन्तराष्ट्रिय बिधान र डेलिगेट्स छनोट संबन्धि नियमावली समेतको ब्यबस्था अनुसार अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक (आरसी) गौरी जोशीले एक छानविन कमिटि गठन गरेका छन्।

हलिउडखबरसंग कुरा गर्दै जोशीले भने, यो मेरो कुरा होइन, संघको बिधान र नियमावलीले ब्यबस्था गरेको कुरा हो। एनसीसी अमेरिकाले बिधान अनुरुप गरेन। अनि स्वयं एनसीसीका दुइ उपाध्यक्ष सहित बहुमतले यसलाई अस्विकार गरेर अनुरोध गरेको अवस्थामा मैले यो कदम चालेको हो। यति मात्र होइन मसँग थुप्रै इमेल आएका छन्। आफू एक्टिभ हुँदा-हुँदै, योग्य हुँदा-हुँदै, नामै नसुनेका, सदस्य नै नभएका व्यक्तिको नाम छनोट गरियो, एकै परिवारका तिन-तिनजना समेत छानियो। यस्तो नाम सहितको इमेल आएको छ। त्यो इमेल एनसीसी र आइसीसी समेतलाइ कपि छ। त्यसैले, यो मेरो इच्छा होइन बैधानिक बाध्यता हो, जोशीले भने।

तत्काल जसको नाम सूचनामा भनिएको छ, उहाँहरुले तत्काल शुल्क नतिर्न जोशीले अनुरोध गरेका छन्। जसले शुल्क तिरि सकेका छन् त्यसमध्ये पनि छानविन गर्दा नपर्न सक्छन। उनीहरु पनि बिधिमा नपर्ने भए स्वत काटिनेछ्न। उनीहरुले तिरेको शुल्कप्रति एनसीसी जवाफदेहि हुनेछ। किनकी गल्ति एनसीसीको हो, आरसी जोशीले भने।

अब पुरै बिधान र नियमावलीले गरेको ब्यबस्था अनुसारको डेलिगेट्स लिष्ट बन्छ अनि मात्र सबैले शुल्क तर्न सक्नुहुन्छ, जोशीले भने।