Rajesh Shansher Rana

NRNA: राजेश राणालाइ कानिमा पुनर्बहाली गर्न आदेश, फैसलाको प्रति सहित

Hollywood Khabar August 01,2018 Comments

कृष्ण के सी/अमेरिका
गैरआवासीय नेपाली संघको सचिवालयमाबाट हटाइएका कार्यकारी निर्देशक राजेश शंशेर राणालाइ पुनर्वहाली गर्न नेपालको श्रम अदालतले आदेश दिएको छ।

संघको गत साल अक्टोवरमा भएको विश्व सम्मेलन तथा अधिवेशनबाट निर्वाचित भवन भट्टको नेतृत्वले राणालाई जनवरी ८, २०१८ मा सो पदबाट बरखास्त गरेको थियो। तत्प पश्चात आफूलाई बिना कारण हटाइएको भन्दै राणाले श्रम अदालतमा न्याय माग्न पुगेका थिए।

श्रम अदालतले राणालाई पुनर्बहाली गर्न गरेको गत असार ८, २०७५ को फैसला हलिउड खबरले यस पहिला नै पोस्ट गरिसकेको छ। हाल फैसलासँगै अदालतले पुनर्वहाली गर्न संघको कार्यालयमा पत्र दिएको छ। श्रम अदालतको सो केसमा मुद्धा हेर्ने अधिकारी देवेन्द्रराज ढकालले सो फैसला गरेको कुरा फैसलाको प्रतिमा उल्लेख गरिएको छ।

सो राणाका पक्षबाट कानुन व्यवसायी रमेश बडालले बहस गरेका थिए । बिना कारण जिम्मेवारी मुक्त गरिएको थियो, अदालतले न्याय दिलाइदिएको प्रति राणाले खुसी व्यक्त गरे।

यस अघि नेपाल ब्रिटेन डट कमले राणाको जवाफ आफ्नो वेबसाइटबाट सार्वजनिक गरेको छ।--म कर्मचारी हुँ, जोसुकै पदाधिकारी आए पनि मलाई काम गर्न अप्ठ्यारो लाग्दैन’, उनले भने, ‘अध्यक्षहरु आउँछन्–जान्छन्, उहाँहरुको नीति कार्यान्वयन गर्ने जिम्मा कर्मचारीको हो । नयाँ अध्यक्ष आउँन साथ कर्मचारी हटाउन थाल्ने हो भने संस्थाको इमेज राम्रो बन्दैन । सचिवलाय स्थायी रुपमा कर्मचारीले सञ्चालन गर्छन् । उहाँहरुसँग दुईवटा विकल्प छ। पहिलो विकल्प भनेको मेरो पुनर्वहाली नै हो । दोस्रो, फैसला चित्त नबुझे उहाँहरु सर्वोच्च अदालत जान सक्नुहुन्छ ।

हलिउड खबरले संघका महासचिव डा बद्रि के सीलाइ सो बिषयमा आधिकारिक जवाफको लागि अनुरोध गरेको छ। यदि जवाफ प्राप्त भएमा सो कुराको अपडेट गरिने छ। पिडित राणाको अनुमतिमा यहा फैसलाको प्रति जस्ताको तेस्तै सार्वजनिक गरिएको छ।