NRNA ले श्रम अदालतको फैसला मानेन, राणाको स्पस्टिकरण श्रममा पेस

Hollywood Khabar July 05,2018 Comments

कृष्ण के सी/अमेरिका
गैरआवासीय नेपाली संघको पदाधिकारी (IES) को निर्णयले विगत लामो समय देखि कार्यकारी निर्देशकको रुपमा काम गर्दै आउनु भएका राजेश शंशेर राणालाइ बिना कारण एकै रातमा गत पौष २५, २०७४ मा हटाएर सो पदमा ल्याइएका डा हेमन्त कुमार दवाडीको केस श्रम अदालतले रोकिदिएको थियो।

आफूलाई पदबाट अन्यायपूर्वक हटाइइए पछि राणाले श्रम अदालत काठमाण्डौमा पुनरावेदन गर्नु भएकोमा अदालतले असार ८, २०७५ मा राणालाइ निष्काशन गर्ने निर्णय बदर गरि निष्काशन अबधिको समेत तलब, भत्ता, सेवा, सुविदा सहित पुनर्बहाली गर्ने आदेश दिएको छ।

तर अदालतको फैसला हात परेपछि सोहि मितिमा अदालतको फैसला कार्यन्वयन नगर्नकै लागि जाल-संझी गर्दै संघले राणाको नाममा यति धेरै लामो समय पछि गएर स्पष्टिकरण मागेको कुरा प्रति राणाले दिएको जवाफी पत्र हलिउड खबरलाइ प्राप्त भएको छ। राणाको पत्रमा संसार भरिका नेपाली श्रमिकहरुको प्रतिनिधित्व गर्ने संस्था आफैंमा त्यसरी जान सक्दैन आफूलाई न्यायिक रुपमा अदालतको फैसला बमोजिम कार्यान्वयन गर्न भनिएको छ।

साथै पत्रमा श्रम ऐनको ब्यबस्था बिपरित रहेको सो निष्काशनलाइ अदालतको फैसला कार्यान्वयन गर्नु भन्दा झनै आफ्नो सामान, कागजात समेत कब्जामा लिएर यति लामो समय पछि स्पस्टिकरण माग्नुको कुनै औचित्य छैन र उचित होइन पत्रमा भनिएको छ।

सो पत्रको बोधार्थ श्रम कार्यालय, टेकुले असार २२, २०७५ दर्ता गरेको छ भने संघले सोहि दिनमा पत्र प्राप्त गरेको छ।