-कतार सरकारद्वारा एनआरएनएलाई डेढ करोड रुपैयाँ बराबरको खाद्यन्न सहयोग

कतार सरकारद्वारा एनआरएनएलाई डेढ करोड रुपैयाँ बराबरको खाद्यन्न सहयोग

Hollywood Khabar May 21,2020 Comments

कतारमा रहेका नेपाली श्रमिकका लागि कतारी सरकारले खाद्यन्न उपलब्ध गराएको छ। कोरोना संक्रमणमा परेर रोजगारी गुमाएका श्रमिकको सहयोगार्थ कतारी सरकारले १ लाख ३४ हजार डलर (करिब १ करोड ६० लाख रुपैयाँ) बराबरको खाद्यन्न सहयोग उपलब्ध गराएको हो ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष कुमार पन्तका अनुसार संघको पहलमा सो खाद्यन्न सरकारले गैरआवासीय नेपाली संघ कतार शाखालाई हस्तान्तरण गरेको छ। पन्तले सरकारद्वारा प्राप्त सहयोग एनआरएनए कतारको सकृयतामा नेपाली श्रमिकलाई वितरण भइरहेको बताउनु भयो।

गैरआवासीय नेपाली संघका सचिव आरके शर्माका अनुसार कतारी सरकारले त्यहाँस्थित एक च्यारिटी संस्थामार्फत ७ हजार प्याकेट खाद्यन्न संघलाई दिइएको जानकारी गराउनु भयो ।

कतारमा ३ लाख ५० हजार भन्दा बढी नेपालीहरु रहेको अनुमान रहेको छ । कतार सरकारको जनस्वास्थ्य मन्त्रालयले हिजो विहीवार प्रकाशित गरेको सूचना अनुसार पछिल्लो २४ घन्टामा ५ हजार ४५ जनामा जाँच गर्दा थप १ हजार ५ सय ५४ जनामा कोरोना संक्रमण भेटिएको राष्ट्रिय समन्वय परिषदका अध्यक्ष मोहम्मद मुक्तदाले जानकारी दिनु भएको छ। ६ सय ८८ जना निको भएको र एक जनाको मृत्यु भएको कतारको स्वास्थ मन्त्रालयले जनाएको बारे राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्षले अवगत गराउनु भएको छ ।

यसअघि संघका बिभिन्न देशमा रहेका अन्य शाखाले स्थानीय सरकारको सहयोगबाट आर्थिक सहयोग प्राप्त गरेका थिए। कोरोना संक्रमणले प्रभावित नेपालीको सहयोगार्थ एनआरएनए बेल्जियमले १० हजार युरो र न्युजिल्यान्डले ६० हजार अमेरिकी डलर सहयोग प्राप्त गरेका थिए।

गैरआवासीय नेपाली संघ, सचिवालय

मे २२, २०२०