NRNA NCC कतारले युवा शसक्तिकरण तथा जागरुकता सेमिनार गर्ने

Hollywood Khabar March 30,2018 Comments

३१ मार्च २०१८/दोहा
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार तथा युवा विभाग एनसिसि कतारको आयोजनामा ६ अप्रिल २०१८ का दिन १०:३० देखि दोहाको शालिमार प्यालेस रेष्टुरेण्टमा युवा शसक्तिकरण तथा जागरुकता सेमिनारको आयोजना गर्ने भएको छ।
एनसिसि कतारको ईतिहासमा नै पहिलो पल्ट युवाहरुलाई मध्यनजर गरि आयोजना गर्न लागिएको यो पहिलो कार्यक्रम भएको जानकारी अध्यक्ष नविन पोखरेलले वताए। वार्षिक कार्यक्रम तालिका वमोजिम आयोजना गर्न लागिएको सो सेमिनारमा समाज विकासमा युवाहरुको भुमिका, दोश्रो पुस्तामा एनआरएन हस्तान्तरण लगायतका विषयमा
प्रस्तुति तथा छलफल हुने जानकारी युवा संयोजक माया केसीले जनाईन् । त्यसका साथै अनुभवि डाक्टरद्धारा युवाहरुलाई चेतनामूलक स्वास्थ्य परामर्श तथा जानकारी पनि सो सेमिनारमा दिईने वताईएको छ।
एनसिसि कतारको युवा विभागसाग समन्वय गर्दै सो सेमिनारलाई संयोजन तथा सहजिकरण गर्दै आएका आईसिसि सदस्य कुमार कार्की र एनसिसि महासचिव वुधवल गुरुङ्गले जनाए अनुसार वैदेशिक रोजगारमा रहेका युवाहरुले कसरी समाजको विकासमा योगदान पुऱ्याउन सक्छन्। एनआरएनए प्रति युवा तथा दोश्रोपुस्ताका चासो कसरी वढाउन सकिन्छ भन्ने लगायतका विषयमा अनुभवि एनआरएनए अभियन्ताहले सहजिकरण गर्ने साथै समिक्षा गर्ने जानकारी दिईएको छ ।
आईसिसि सदस्य कुमार कार्की र एनसिसि युवा संयोजक माया केसीले एनसिसिको निर्वाचनका ताका गरिएका प्रतिवद्धता वमोजिम युवाहरुलाई जिम्मेवार, नेतृत्वदायि, उद्यमशिल वनाउनका लागि यो सेमिनार आयोजना गरिएको वताए । प्रतिवद्धताहरु पुरा गर्न एनसिसि र आईसिसिले मिलेर काम गर्न सक्दा मात्र गरिएका प्रतिवद्दता पुरा हुने साथै कार्यक्रमहरु फलदायि हुने राय राखे ।
सो सेमिनारमा सहभागि हुनका लागि निशुल्क दर्ता शुरु गरि सकिएको साथै सेमिनारमा सहभागि हुनु पुर्व दर्ता अनिवार्य रहेको जानकारी दिईएको छ । समाजका जुनसुकै क्षेत्रमा कार्यरत युवाहरुले सो सेमिनारमा सहभागि जनाउन सक्नेछन्। सेमिनारले युवाहरुका लागि उपलव्धिमुलक हुने प्रतिवद्दता तथा कार्यहरुको मार्ग चित्र तयार गरि सोहि वमोजिम आगामी दिनका कार्यक्रम गर्नेछ।